शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा होटल भत्किँदा तीन घाइते, दुईको अबस्था गम्भीर

बिहीबार, १२ साउन २०७४, १६ : २७
बिहीबार, १२ साउन २०७४

दार्चुला– दार्चुलाको महाकाली नगरपालिका ४ मा एक होटल भत्किँदा तीन जना घाइते भएका छन् । २ जनाको सकुसल उद्धार गरीएकको छ । 
घाइतेमध्ये दुई जनाको अबस्था गम्भीर छ । खलंगास्थित बंगाबगरको होटलमाथिबाट खसेको ढुंगा लागेर होटल भत्किएको हो । होटल भत्किदा महाकाली नगरपालिका वडा नम्बर १ धम्पनेराका गोरे धामी, मार्मा गाउँपालिका साविकको सितोला गाविसका हरकसिंह महता र दुहू गाउँपालिका साविकको धारी गाविसका कासीदत्त भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । बंगाबगडमा सुरज ऐतवालको होटल गगनसिंह धामीले सञ्चालन गर्दै आएका थिए । एउटै भवनको ३ ओटा सटरमध्ये एउटा सटरमा होटल, अर्कोमा सिलाई सेन्टर तथा तेस्रो सटरमा मदिरा पसल सञ्चालन थिए । बीचको सटरमा सञ्चालित होटल भत्किँदा छेवैका सिलाई सेन्टर र मदिरा पसलमा पनि असर गरेको छ । होटलमा भएको क्षतिको विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप