मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयमा ‘पार्टी विरोधीलाई’ विकट सरुवा सिफारिस : सांसद भन्छन्, ‘पत्र नक्कली हो’

शुक्रबार, १३ पुस २०७५, १४ : ५१
शुक्रबार, १३ पुस २०७५

काठमाडौँ । चर्चामा रहेको सांसदले स्वास्थ्य मन्त्रीलाई पठाएको सरुवाको सूची भएको पत्र आफूले नलेखेको संसद सहसराम यादवले दाबी गरेका छन् । 

रातोपाटीसँग कुरा गर्दै राजनितिक रुपमा गिराउनको लागि कुनै तेस्रो व्यक्तिले आफ्नो चरित्रहत्या गर्नको लागि पत्र लेखेको हुनसक्ने उनले बताए । 

यद्यपि, रातोपाटीको प्रदेश ५ का विशेष प्रतिनिधि प्रेम सुनारले समाचार प्रकाशित गर्न अघि सांसद यादवसँग कुराकानी गर्दा उनले ‘सांसदले सरुवाको सिफारिस गर्दै पत्र पठाउनु सामान्य कुरा भएको’ बताएका थिए ।

अहिले भने उनले कर्मचारी सबै समान भएको हुँदा आफूले कर्मचारी सरुवाको लागि पार्टी अध्यक्ष, उपप्रधान एवंम स्वास्थ्यमन्त्रीलाई पत्र नलेखेको ठोकुवा गरे । 

सांसदले पठाए स्वास्थ्य मन्त्रीलाई सरुवा लिष्ट (नामसहित)

सो पत्रमा पत्र संख्या र चलानी नम्बर नभएको हुँदा आफूलाई सरासर फसाउँने काम भएको भन्दै यादवले यस्ता व्यक्तिलाई तत्काल कार्वाही गर्नुपर्ने उनको माग छ । 

उनले यस्तो दाबी गरिरहँदा पत्रमा भने उनको हस्ताक्षर रहेको छ ।

पत्र सार्वजनिक हुनुभन्दा १५ दिन पहिलानै उनी पार्टीको विभिन्न कार्यक्रमको लागि बुटवल र नेपालगञ्ज हुँदै काठमाडौँमा रहेको उनको दाबी छ ।   

उनले रातोपाटीसँग कुरा गर्दै भने कर्मचारी समायोजन हुँदै गरेको यो समयमा सरकारमा रहेको पार्टीको संसदको हिसाबले सरुवाबारे सामान्य कुरा हुने भए पनि सार्वजनिक भएको पत्र मौका छोपेर आफूलाई फसाउने काम भएको जिकिर गरे । अहिले आफू कपिलवस्तु पुगेको र गलत काम गर्ने व्यक्तिको खोजी गरी प्रेश विज्ञप्ती जारी गर्ने पनि संसद यादवले बताए ।  

यस्तै स्वास्थ्यमन्त्रीका स्वकीय सचिव यम चौरासियाले पनि मन्त्रीलाई लेखेको पत्र मन्त्रालयमा नआएको बताए । एकएक मिडियामा आएपछि आफूले थाहा पाएको भन्दै चौरासियाले गलत नियत हुनेलेनै यस्तो पत्र लेखेको दाबी गरे । 

यस्तो छ सरुवा काण्ड 
पुष ११ गते  स्वास्थ्य कर्मचारीको सरुवाको विषयमा उपप्रधान एवंम स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई सम्बोधन गरेर लेखिएको पत्र सार्वजनिक भयो । सो पत्र प्रदेश नम्बर ५ का संघीय समाजवादी फोरमका संसद सहसराम यादवले मन्त्रीलाई लेखिएको थियो  ।

पत्रमा उनकै हस्ताक्षर रहेको छ । यसरी एकाएक प्रदेश संसदको नाम, सरकारको लोगो र  व्यक्तिनै किटान गरी आएको पत्रले निकै चर्चा पायो ।

२५ जना स्वास्थ्य कर्मचारीको नाम भएको सरुवा पत्रमा संघिय समाजवादी फोरम नेपाललाई सहयोग गर्ने कर्मचारीलाई विशेष प्राथमिकता राखी सुगम, पार्टीको घोर बिरोधीलाई अति दूर्गम भनेर व्यक्ति अनुसार जानकारी गराइएको छ । 

हेर्नुहोस् पत्र 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप