शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२० औं वर्षमा प्रवेश गरेको अवसरमा एनआईसी एशिया बैंकले गर्यो भब्य  कार्यक्रम

बिहीबार, १२ साउन २०७४, १६ : २१
बिहीबार, १२ साउन २०७४

काठमाडौं–एनआईसी एशिया बैंकले सेवाको २० अाैं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा  एक भब्य कार्यक्रम आयोजना गरेको छ । 


 कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष जगदिश प्रसाद अग्रवालले बैंकको कुल १९ कर्मचारी, १ शाखा र करिब रु. ८ करोड चुक्तापुँजी पुगेको प्राथमिक शेयर निष्काशनमा ८ गुणा वढि सेयरको लागी आवेदन प्राप्त गरेको र  गुणस्तरीय सेवा प्रदान गरे बापत आईएसओ ९००१ः २००८ प्रमाणपत्र प्राप्त गरी मान्यता पाउने नेपालको एक मात्र वाणिज्य बैंक भएको  बताए । 


 यस्तै उनले बैंकले अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त बैंक अफ द इयर २००७ र बैंक अफ द इयर २०१३ अवार्ड प्राप्त गरेको स्मरण गरे । यस्तै  बैंकले १२५ भन्दा बढि शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको, निक्षेप ग्राहक संख्या ५ लाख ५० हजार भन्दा वढि रहेको, कर्जा ग्राहक संख्या २५ हजार भन्दा वढि रहेको रसेवा ग्राही संख्या २ लाख ५० हजार नाघेको समेत उनले बताए । 


कार्यक्रममा बोल्दै बैंकको सद्भावना दूत  मनिषा कोइरालाले आफ्नै इतिहास बोकेको बैंकसगँ प्रत्यक्ष रुपमा सहकार्य गर्न पाउँदा राष्ट्रकै सेवा गरेको महसुस भएको बताइन् । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले धन्यवाद ज्ञापन गर्दै बैंकले ३ बर्ष अगाडिनै आफ्ना दिर्घकालीन रणनिती तर्जुमा गरेको जानकारी दिए । 


वरिष्ठ गायिका तथा बैंकको प्रोडक्ट प्रमोटर इन्दिरा जोशीले बैकसँग आबद्ध हुनपाएकोमा आफु गौरवान्तित भएको जानकारी दिइन् ।


कार्यक्रममा नियामक निकायका पदाधिकारीहरु, बैंकका संचालकहरु, बैकका संस्थापक तथा सर्वसाधारण शेयरधनी हरु, बैंकका ग्राहक सरकारी तथा गैर सरकारी संघ संस्थाका पदाधिकारीहरु, कर्मचारीहरुलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उद्घोषण,बरिष्ठ गायककार, संगीतकार तथा सञ्चारकर्मी रबिन शर्माले गरेको प्रमुख सूचना अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप