शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिट फिल्म दिन सकेकी छैन – अभिनेत्री जेबिका कार्की

शुक्रबार, १३ पुस २०७५, १२ : ५३
शुक्रबार, १३ पुस २०७५

केही समययता अभिनेत्री जेबिका कार्की चर्चामा छिन् । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘जय श्री दाम’का कारण पनि उनको अहिले चर्चा बढेको हो । आगामी २० गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा उनी सङ्घर्षशील युवाको प्रेमिकाको भूमिकामा छिन् । 

फिल्मले प्रेमकथाको अलवा सामाजिक विषय पनि समेटेको उनको भनाइ रहेको छ  । ११ वर्षको उमेरमा ‘नटिप्नु हेर कोपिला’ बोलको गीतमा बनेको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी उनले व्यावसायिक अभिनय यात्रा भने कान्तिपुर टिभीको ‘ह्वाट द फ्लप’बाट थालेकी हुन् । फिल्ममा डेब्यु गर्ने अवासर भने उनलाई ‘जन्मभूमि’ले दियो । त्यसपछि उनले ‘कारखाना’, ‘पर्व’मा अभिनय गरिन् । पुख्र्यौली घर ओखलढुङ्गा भएकी कार्कीको ‘जय श्री दाम’ चौथो फिल्म हो । हाल काठमाडौँ पेब्सिकोला निवासी जेबिकासँग रातोपाटीको दस प्रश्न ।

‘जय श्री दाम’ लाग्दैछ । व्यस्तता त बढेको होला नि, हैन ?
–अहिले फिल्म प्रचारका लागि दौडधूप चलिरहेको छ । विभिन्न मिडियामा पुगेर अन्तरवार्ता दिइरहेकी छु । केही समयदेखि व्यस्त छु । 

फिल्म दर्शकले रुचाउँलान् त ?
–फिल्म राम्रो बनेको छ । स्टारकास्ट नभए पनि अभिनयको हिसाबले कुनै कलाकारको कमी छैन । निर्माण युनिटले फिल्मको १५ मिनेट युट्युवमा पनि राख्नुभएको छ । त्यो दर्शकले रुचाएका छन् । त्यसैले दर्शकलाई हलसम्म डोर्याउन सफल हुन्छ भन्ने विश्वास छ ।

फिल्मको हिरोइन, सौन्दर्यतिर कतिको रुचि छ ?
–महिला भएपछि सौन्दर्यतिर रुचि नहुने भन्ने त हुँदैन । धेरै मेकअप गर्नतिर भने रुचि छैन । स्क्रिन सफा राख्न मनपर्छ । फेसमा जे पायो त्यही लगाउँदिन । फेसमा म मस्चराइजर लगाउन कहिल्यै छुटाउदिनँ । प्रायः केटी मान्छे गाजल छुटाउँदैनन् । तर, मलाई गाजल लगाउन रहर लाग्दैन ।

फेसनतिर रुचि त पक्कै होला ?
– धेरै नभनौँ अलि अलि छ । सबैभन्दा सजिलो पहिरन क्याजुअल लाग्छ । तर आफूलाई राम्रो र सेक्सी देखिने भनेको कुर्था, लेहेङ्गा र सारीमा हो । 

पूरा नभएको सपना ?
– हिट फिल्म दिन सकेकी छैन ।

फ्यामिलीको चाहना अभिनय थियो त ?
– हरेक फ्यामिलीको सोच आफ्नो छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने हुन्छ । मेरो परिवारको पनि मलाई इन्जिनियर बनाउने इच्छा थियो । तर मैले आर्ट लाइन रोजे । 

फुर्सदको समय ?
– नोबल पढ्छु । गीत सङ्गीत सुन्छु ।

मनपर्ने खाना ?
– धेरै छन् । दालभात तरकारीदेखि ममसम्म मनपर्छ । साँदेको, पीरो, अमिलो र मम सबैभन्दा विशेष लाग्छ । 

मनपर्ने केटा ?
– इमानदार, सहयोगी, दिमाग भएको र हेर्दा राम्रो पनि ?

रोजेको व्याक्तिसँग डेट जाने अफर दियो भने ?
– हलिउड अभिनेता ब्राड पिटसँग जाने इच्छा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप