शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिम पहिरोपछि ४० मिनेटसम्म बरफमा पुरिए बालक, जीवित देख्दा उद्धारकर्ताले भने ‘चमत्कार’

शुक्रबार, १३ पुस २०७५, १० : ३८
शुक्रबार, १३ पुस २०७५

फ्रान्सको बोर्ज सेन्ट मोरिसमा आल्प्स पर्वत मालामा हिम पहिरोको क्रममा १२ वर्षका बालकलाई जीवित बचाइएको छ । ती बालक करिब ४० मिनेटसम्म बरफमा पुरिएका थिए । यति हुँदा हुँदै पनि उनी सुरक्षित रहे । उनलाई कुनै चोट लागेन । उद्धारकर्ताले यो घटनालाई चमत्कार बताएका छन् किनभने बरफमा पुरिएको १५ मिनेटपछि नै बाँच्ने आशा कम हुन्छ ।

उद्धारकार्यमा संलग्न क्याप्टेन प्याट्रिस रिब्सले यसलाई क्रिसमस पछिको उपहार बताएका छन् । उनले भने, ‘हामी यसलाई चमत्कार भन्छौं । क्रिसमसको भोलिपल्ट हामीले अर्को उपहार पाएका छौं ।’

स्काइङका लागि गएका थिए बालकः

पुलिसका अनुसार ला प्लाग्ने स्की रिसोर्टमा सात जनाको समूह स्काइङका लागि गएका थिए । यसमा १२ वर्षका बालक पनि समावेश थिए ।

हिम पहिराको क्रममा ती बालक तल खस्न थाले र एउटा ठूलो बरफको टुक्रा उनीमाथि खस्दा उनी हिउँमा पुरिएका थिए । अन्य सबै सुरक्षित थिए ।

पुलिसका अनुसार हिम पहिरोको क्रममा ती बालक करिब सय मिटर तल घिस्रिएका थिए । घटना दुई हजार चार सय मिटरको उचाइमा भयो । उद्दारकर्मी हेलिकोप्टरमार्फत घटनास्थल पुगे ।

ती बालकको खोजीमा कुकुरको प्रयोग गरिएको थियो । पुलिसका अनुसार बरफ पुरिँदा पनि हावाको बाटो बन्द नभएका कारण पनि बालक सुरक्षित भएको हुनसक्छ ।  ती बालक अहिले उपचारका लागि अस्पतालमा भएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप