मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार हेर्नुस् आजको तपाईंको भाग्य

शुक्रबार, १३ पुस २०७५, ०६ : ०७
शुक्रबार, १३ पुस २०७५

वि.सं. २०७५ साल पौष १३ गते । शुक्रबार । ईस्वी सन् २०१८ डिसेम्बर २८ तारिख । नेपाल संवन् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि षष्ठी,  १० घडी ०० पला,  बिहान १० बजेर ५५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाफाल्गुनी,  २१ घडी २४ पला,  दिउँसो ०३ बजेर २८ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग आयुष्मान,  २६ घडी ०१ पला,  बेलुकी ०५ बजेर १९ मिनेट उप्रान्त सौभाग्य । करण वणिज,  बिहान १० बजेर ५५ मिनेट उप्रान्त भद्रा,  बेलुकी ०९ बजेर २१ मिनेट उप्रान्त बव । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि सिंह,  बेलुकी ०९ बजेर ०७ मिनेट उप्रान्त कन्या । 

काठमाडौँमा सूर्योदय ०६ बजेर ५५ मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २५ घडी ५१ पला । 

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)  विगतका गल्ती तथा कमी कमजोरीहरूलाई सच्याउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरुवर्गहरूको इज्जत राख्न सकिने समय रहेको छ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति हातलागी हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउँदै आम्दानीमा वृद्धि गर्न सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)  आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाफा हुने हुनाले दैनिकी कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ । राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मानसम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईंको कमजोर उपस्थितिको फाइदा अरूले उठाउन सक्छन्, ध्यान दिनुहोला ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)  वादविवाद तथा प्रतिस्पर्धामा तपाईंकै जित हुनेछ भने मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईंकै पक्षमा हुनेछन् । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्ध सुदृढ भएर जानेछ । विद्या विद्यार्थीहरूले सफलता प्राप्त गर्न सक्नेछन् । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेम तथा पतिपत्नीबीच विश्वासको वातावरणमा थप प्रगाडता आउनेछ । जीवन शैलीमा सुधार हुनुको साथै समयको महत्त्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।
     
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)  आत्मीय मित्र तथा जीवन साथीको सहयोगले व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरूलाई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । गायन पेसा तथा कला साहित्यमा समय दिनेहरूले आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)  पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा नचाहँदा नचाहँदै टाडिनुपर्दा मन मुटुमा जलन पैदा हुनेछ । अरूलाई दिएको आश्वासन पूरा नसकिने तथा सामाजिक कामहरू समयमा सम्पन्न नहुँदा मान सम्मानमा दाग लाग्न सक्छ, सजक रहनुहोला । अनावश्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । अल्छी गर्नेबानीले कामहरू बिग्रन सक्छ । 
    
कन्या (टो, पा, पी, पू , ष, ण, ठ, पे, पो)  स्वास्थ्यसम्बन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरू भुलेर पनि नगर्नुहोला, तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिए पनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेको छ । माया प्रेममा आजको दिन भेट नहुँदानै राम्रो रहेको छ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)  लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामहरूबाट मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने हुँदा मन खुसी रहनेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्ने समय रहेको छ । विभिन्न किसिमका मानव निर्मित सामानहरू प्राप्त हुनेछन् भने आफूसँग भएको सीप प्रयोग गरी आम्दानी बढाउँन सकिनेछ । सामाजिक काम गरी राज्यबाट पद प्रतिष्ठा पाउने गतिलो योग रहेको छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  गीत सङ्गीत क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । आज गरिएको लगानी फस्टाएर जने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा कामगरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । 

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  लगनशील तथा इमानदारिताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्को गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेको छ । लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् भने तपाईंको काममा प्रतिस्पर्धा गर्नेहरू आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउन तथा नोकरीका बढोत्तरीको गतिलो योग रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)  दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला, रूपैयाँ पैसा हराउने तथा तलमाथि हुने अधिक सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला, समय मध्ययम रहेको छ । घरपरिवार तथा दिदीबहिनीसँगको सम्बन्धमा दरार आउने योग रहेकाले सन्तुलित व्यावहार गर्नुहोला । पढाइ लेखाइमा दिइएको समयबाट भनेजस्तो उपलब्धि आउने सम्भावना कम रहेको छ भने माया प्रेममा धोका हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)  व्यावसायिक यात्रा हुने भए पनि गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको फेस गर्नुपर्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरूको सामना गर्नुपर्नेछ । विलासी जीवन जिउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुसन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथीसँग मनमुटाव बढ्ने हुनाले दैनिक काम गर्न मन जानेछैन । ऋण लाग्ने तथा सङ्कटको सामना गर्नुपर्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) सत्रु तथा प्रतिस्पर्धीहरू आइलाग्ने भए पनि अन्ततः तपाईंको क्षमता देखेर आफै साइड लाग्नेछन् । स्वास्थ्यसम्बन्धी पुराना समस्याहरू ठीक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेको छ । पुराना ऋण सक्दै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रसङ्गमा एक अर्काबीच नजिक हुने तथा रमाउन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।         
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप