शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुगलले बन्द गर्यो एक महत्वपूर्ण विशेषता, थाहा पाउनुभयो ?

बिहीबार, १२ साउन २०७४, १६ : ०४
बिहीबार, १२ साउन २०७४

गुगलले आफ्नो इन्स्टेन्ट सर्च फिचरको डेस्कटप संस्करण बन्द गर्ने भएको छ । जतिबेला तपाईंले खोजी गर्ने विषयबारे लेख्नुहुन्छ तब ड्रप डाउन मेन्युमा खोजीसम्बन्धि सुझाव देखिन्छन् । यसैलाई इन्स्टेन्ट सर्च भनिन्छ । तर गुगलले यसलाई बन्द गर्ने भएको छ । गुगलका अनुसार आजकाल धेरैजसो खोजी मोबाइलबाट हुने भएकाले इन्स्टेन्ट सर्चको खासै आवश्यकता पर्दैन ।

गुगलले इन्स्टेन्ट खोजी विशेषतालाई आजभन्दा सात वर्ष पहिले अर्थात् सन् २०१० मा पेश गरिएको थियो । तर, सन् २०१५ पछि मोबाइलमा हुने खोजी डेस्कटपमा हुने सर्चमा हावी भयो र गुगलले यसलाई बन्द गर्ने निर्णय गर्यो ।

गुगलका प्रवक्ता भन्छन्, ‘हामीले सन् २०१० मा गुगल इन्स्टेन्ट लञ्च गरेका थियौं । यसको उद्देश्य प्रयोगकर्तालाई चाँडोभन्दा चाँडो आवश्यक जानकारी उपलब्ध गराउनु थियो । यति चाँडै नै प्रयोगकर्ताले टाइप गर्नुपूर्व नै सबै जानकारी पाउन् । तर अब अहिले धेरैजसो खोजी मोबाइलबाट हुने गर्दछ जसको इनपुट, इन्टर्याक्सन र स्क्रिन कन्स्ट्रेन्ट्स निकै भिन्न छ । यसैलाई ध्यानमा राखेर हामीले गुगलको इन्स्टेन्ट सर्चलाई बन्द गर्ने निर्णय गर्यौं ता कि सबै डिभाइसका लागि सर्चिङलाई थप फास्ट बनाउन सकियोस् ।’

कम्पनीका अनुसार इन्स्टेन्ट फिचरलाई हटाउनुको यो अर्थ होइन कि सर्च सुझाव आउन नै बन्द हुनेछन् । गुगलले खोजी गर्दा तपाईंलाई सुझाव दिइरहन्छ । फरक यत्ति हुन्छ कि रिजल्टमा आउने सुझावमा तपाईंले क्लिक गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप