शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रणबीर कपुर एक सन्तानकी आमा यी पाकिस्तानी नायिकासँगको सम्बन्धमा !

बिहीबार, १२ साउन २०७४, १५ : ४६
बिहीबार, १२ साउन २०७४

रणबीर कपुरको कट्रिनासँग ब्रेकअप भएदेखि नै उनको जीवनबारे केही न केही चर्चा हुने गरेको छ विशेषगरी उनको प्रेम सम्बन्ध बारे ।

उनीबारे नयाँ चर्चा यो चलेको छ कि उनी आजकाल पाकिस्तानी नायिका माहिरा खानसँग डेटिङ गरिरहेका छन् । यसबारे उनका एक साथीले नै जानकारी दिएको बताइएको छ । स्रोतका अनुसार बलिउड सर्कलमा रणबीरका एक साथीले रणबीरले पाकिस्तानी नायिका माहिरा खानलाई निकै मन पराउने बताएका छन् ।

उनका साथीका अनुसार रणबीर माहिराको निकै तारिफ गर्दछन् र उनीसँग खिचिएका फोटो आफ्नो साथीहरुलाई देखाउने गर्दछन् । उनीहरुको सम्बन्ध साथीभन्दा माथि पुगिसकेको पनि उनले बताएका छन् ।

माहिराले एक अन्तर्वार्तामा रणबीर योंग जेनेरेशनका सबैभन्दा प्रतिभाशाली नायक बताएकी थिइन् । यस्तै, रणबीर पनि माहिराको निकै तारिफ गर्ने गर्दछन् । रणबीरलाई एकपटक सबैभन्दा राम्री नायिका को लाग्छ भन्ने प्रश्न सोध्दा उनले तत्काल माहिरा खानको नाम लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप