शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खुर्पा प्रहारबाट पनौतीमा श्रीमान्को मृत्यु

बिहीबार, १२ साउन २०७४, १५ : १५
बिहीबार, १२ साउन २०७४

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ । 

इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङले गरेको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो । 

“हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेला प¥यो,” प्रहरी निरीक्षक घिमिरेले भन्नुभयो । विवाद हुँदा श्रीमतीले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ । लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप