शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको लाभांश सुरक्षित गर्नुभयो ? आज अन्तिम दिन

बिहीबार, १२ पुस २०७५, १२ : ०१
बिहीबार, १२ पुस २०७५

काठमाडौँ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ५५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

टेलिकमले प्रतिकित्ता ५५ रुपैयाँँको दरले नगद लाभांश दिँदैछ । कम्पनीको पुस ३० गते बस्ने साधारण सभामा नगद लाभांशको प्रस्ताव पारित हुँदैछ । 

सो लाभांश पाउनका लागि आजै सेयरधनी बनिसक्नुपर्नेछ । आज बिहिबार साताको सेयर कारोबारको अन्तिम दिन हो ।

टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ ।  यसको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ ६ सय ८६ रुपैयाँ ६० पैसा छ । 

हाल यसको सेयर मूल्य ७ सय ९२ रुपैयाँ प्रतिकित्ता रेहको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप