बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्राविधिक संघको अध्यक्षमा फेरि लामा चयन

बिहीबार, १२ पुस २०७५, ११ : ५४
बिहीबार, १२ पुस २०७५

काठमाडौं – नेपाल चलचित्र प्राबिधिक संघको अध्यक्षमा फेरि पुस्कर लामा चुनिएका छन् । हाल पनि अध्यक्ष रहेका लामा पुन एक कार्यकालका लागि निर्विरोध चुनिएका हुन् । 

बुधबार राजधानीमा आयोजित संघको १९ औं साधारण सभाले उनको नेतृत्वमा नयाँ कार्यसमिती समेत चयन गरेको छ । 

जसको उपाध्यक्षमा बिनोद लामा, अर्जुन प्रसाद पोखरेल, महासचिवमा शालिकराम दुलाल, सचिवमा दिब्य सुवेदी रहेका छन् । 

सदस्यहरुमा रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्ण बहादुर थापा, साहिल खान, दुर्गा प्रसाद पौडेल, सरोज बुढाथोकी, कमल प्रसाद मिश्र, माधव प्रसाद थपलिया चुनिएका छन् । 

अध्यक्षमा पुन चुनिएपछि लामाले सधै प्राबिधिकहरुको हितलाई ध्यानमा राखेर काम गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप