‘मह’जोडीलाई नाट्यश्वर दीर्घ कलाकारिता सम्मान
काभ्रे – नाट्यश्वर हामी सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ मूल नाराका साथ ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ आयोजना हुने भएको छ । बुधबार एक कार्यक्रम गर्दै आयोजक नाट्यश्वर कलाकेन्द्र नुवाकोटले अवार्डको बिभिन्न पक्षबारे जानकारी दियो ।
कार्यक्रममा हाँस्य जोडी ‘मह’ अर्थात हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलाई ‘नाट्यश्वर दिर्घ कलाकारिता सम्मान २०७५’ प्रदान गरिने भएको छ । सम्मानको नाम ‘शिव नारायण जोर्शी लाईफ टाईम अवार्ड’ राखिएको छ ।
१२ माघमा काभ्रेको बनेपास्थित पन्चकन्या ब्यान्केटमा आयोजना हुने कार्यक्रममा कुल ४४ विधामा कलाकार तथा उनका श्रृजनलाई पुरस्कृत गरिनेछ ।
समारोहमा बसुन्धरा भुसाल नाट्यश्वर रत्न सम्मानबाट रामचन्द्र कोईराला, उत्तम केसी, भूवन चन्द, चैत्यदेबी सिंह, पत्रकार जीवन पराजुली, गायिका रमिला न्यौपानेले पाउनेछन् ।
नाट्यश्वर बिषेश सम्मानबाट भने सरु थापा, नाट्यश्वर उत्कृस्ट संस्था सम्मान हारती ईङ्ग्लिस स्कुल, नाट्यश्वर प्रतिभा संम्मान रोमा न्यौपाने, नाट्यश्वर बिषेश सम्मान हरि कर्माचार्य, नाट्यश्वर समाजसेवा सम्मानबाट भोला थापा सम्मानित हुनेछन् ।
कार्यक्रममा तामाङ्ग सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पप विधाका बिभिन्न ब्यक्तिहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित