शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैज्ञानिकले पत्ता लगाए क्यान्सर उपचारको नयाँ तरिका

बिहीबार, १२ पुस २०७५, ०८ : ०७
बिहीबार, १२ पुस २०७५

बीबीसी

ब्रिटेनमा क्याम्ब्रिजका वैज्ञानिकले क्यान्सरको एक भर्चुअल रियालिटी (भीआर) थ्रीडी मोडल बनाएका छन् जसले यो रोगको परीक्षण र उपचारलाई थप उत्कृष्ट बनाउनेछ ।

तर यो नयाँ प्रविधीमा के विशेष छ ?

वास्तवमा यो प्रविधीमार्फत ट्युमरको नमुनालाई सुक्ष्म ढङ्गले अनुसन्धान गर्न सकिनेछ । यसमार्फत क्यान्सरको कोसिकालाई हरेक तरिकाले परीक्षण गर्न सकिने र त्यसको म्यापिङ गर्न सकिने भएकाले यो प्रविधि यसकारण पनि फाइदाजनक साबित हुनेछ ।

अनुसन्धानकर्ताका अनुसार यसको मद्दतले क्यान्सरको जटिलतालाई थप उत्कृष्ट तरिकाले बुझ्न सहयोग हुनेछ । क्यान्सरको जटिलता बुझेपछि यससँग जोडिएका उपचार पनि खोजी गर्न सकिनेछ ।

यो प्रोजेक्ट एक अन्तर्राष्ट्रिय अनुसन्धानको हिस्सा हो ।

यसलाई कसरी तयार गरियो ?

– अनुसन्धानकर्ताले यो प्रविधि विकासका लागि स्तन क्यान्सरको एक मिलिमिटर टुक्रा लिए । यसमा लगभग एक लाख कोसिका थिए ।

– यसलाई पातलो पत्रमा काटियो र स्क्यान गरियो । त्यसपछि डीएनए परीक्षणका लागि त्यसमा निशाना बनाइए ।

– भर्चुअल रियालिटीको प्रयोगबाट ट्युमरलाई पुनः बनाइयो ।

– थ्रीडी ट्युमरको विश्लेषण भर्चुअल रियालिटी प्रयोगशालामा हुनसक्छ ।

– भीआर सिस्टममार्फत ट्युमरलाई जहाँ पनि पठाउन सकिन्छ ।

क्यान्सर रिसर्च युके क्याम्ब्रिज इन्स्टिच्युट (सिआरयुके) का निर्देशक प्राध्यापक ग्रेग हेननले बीबीसीलाई भने, ‘यसअघि कसैले पनि यति सुक्ष्म तरिकाले ट्युमरको परीक्षण गरेका छैनन् । कुनै पनि क्यान्सरको उपचारमा यो एक बिल्कुलै नयाँ र आधुनिक तरिका हो ।’

‘भर्चुअल ट्युमर’ प्रोजेक्ट सिआरयुकेको ग्रान्ड च्यालेन्जको हिस्सा हो ।

सिआर यूकेकी प्रमुख वैज्ञानिक प्राध्यापक केरन वुस्डन लण्डनमा फ्रान्सेली क्रिक इन्स्टिच्युटमा प्रयोगशाला चलाउँछिन् । यहाँ कुनै विशेष जीनले क्यान्सरबाट  बचाउनमा कसरी मद्दत गर्छ भन्ने कुरा परीक्षण गरिन्छ ।

उनले बीबीसीलाई भनिन्, ‘यदि हामी नयाँ तरिकाको खोजी गरिरहेका छौं भने क्यान्सर कोसिकाले एक–अर्कासँग कस्तो व्यवहार गर्छ भन्ने कुरा बुझ्न आवश्यक छ ।’

उनी थप्छिन्, ‘टुडी भर्सन हामी पनि प्रयोग गर्छौं । त्यसको तुलनामा थ्रीडी सिस्टम निकै उत्कृष्ट छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप