शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन

बिहीबार, १२ साउन २०७४, १४ : ३७
बिहीबार, १२ साउन २०७४

कलैया । बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । 

आर्थिक वर्ष २०७३/७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा देवनन्दन साहले जानकरी दिए। 

जिल्लामा स्थानीय जातको ३१ हजार ३१० वटा गाई, उन्नत जातको एक लाख चार हजार ९९९ गाई, स्थानीय जातको ४५ हजार ७७१ भैँसी, उन्नत जातको एक लाख आठ हजार ३२२ भैँसी रहेका तथ्याँक छ । 

दुई लाख ९० हजार ३०२ गाई–भैँसीबाट ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको साहले बताउनुभयो । जिल्लामा २०२ गाई फार्म र २७ भैँसी फार्म रहेको छ । रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप