शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोकाकोलाको नयाँ अफर ‘बिर्को खोलौं–क्यास जितौं’

बिहीबार, १२ साउन २०७४, १४ : ३३
बिहीबार, १२ साउन २०७४

काठमाडौं– कोका–कोलाले नेपालमा नयाँ अफर ‘बिर्को खोलौं क्यास जितौ’ जारी राखेको छ । गत असार २३ गतेबाट शुरु भएको यो अफर आगामी भदौ २२ गतेसम्म संचालन हुने जनाइएको छ । यो अफर कोका–कोला, फान्टा अरेन्ज र स्प्राइटको प्रत्येक २५० मिलिलिटरको फिर्ता हुने शिसा बोतलको खरिदमा लागू भएको कोकाकोलाले जनाएको छ ।
जसमा रु. १ देखि रु. १०० सम्मका पुरस्कारहरु जित्न सकिने बताइएको छ । रु. १ देखि रु. १०० सम्मको पुरस्कार रकम कोका–कोला, फान्टा अरेन्ज र स्प्राइटको २५० मिलिलिटरको बोतलमा रहेको सुनौलो बिर्कोको मुनी लेखिएको छ । उपभोक्ताहरुले पुरस्कार परेको सुनौलो बिर्को साटेर रिटेलरहरुबाट तत्काल नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप