शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले सार्वजनिक गर्यो नयाँ फोटो, देशलाई नयाँ अन्दाजमा देखाउने कोसिस

बिहीबार, १२ साउन २०७४, १४ : २९
बिहीबार, १२ साउन २०७४

उत्तर कोरियाको भ्रमण गराउने कम्पनी यंग पायनियरले त्यहाँको नयाँ फोटो जारी गरेको छ । कम्पनीले मानिसहरुको यहाँ भ्रमणका लागि प्रेरणाको हिसाबले फोटो जारी गरेको छ । यसमा उत्तर कोरियालाई भिन्न तरिकाले देखाउने कोसिस गरेको छ । यो त्यही कम्पनी हो जुन अमेरिकी विद्यार्थी ओटो वार्मबियरलाई भ्रमणमा लिएर गएको थियो जहाँ उनलाई पक्राउ गरिएको थियो ।

नयाँ दृष्टिकोणले देखाउने कोसिसः

टूर कम्पनी यंग पायनियरले एक पटक पुनः पर्यटकलाई लोभ्याउनका लागि उत्तर कोरियाको नयाँ फोटो जारी गरेको छ ।

यो कम्पनीले उत्तर कोरियाको भ्रमण गराउँछ । यसले नयाँ फोटोमार्फत देशलाई नयाँ दृष्टिकोण देखाउने कोसिस गरेको छ ।

यसमा ड्युटीमा बसेका सैनिक र माझीदेखि वाटर पार्कमा मज्जा लिइरहेका मानिसहरुको फोटो समावेश छन् ।

यी सबै फोटो आयरल्याण्डको ‘शेन हेरान’ ले लिएका छन् जो यंग पायनियरका इन्टरनेशनल टूर म्यानेजर हुन् ।

स्मरण रहोस्, यो त्यही कम्पनी हो जुन केही महिना पहिले अमेरिकी विद्यार्थीको एक समूहलाई उत्तर कोरियाको टूरमा लिएर गएको थियो ।

यसै टूरको क्रममा अमेरिकाको २२ वर्षका युवक ओटो वार्मबियरलाई पोष्टर चोरी गरेको आरोपमा पक्राउ गरेको थियो । कम्पनीले पक्राउमा परेका ओटोलाई छुटाउन असफ रह्यो । १७ महिना कैदमा राखेपछि करिब एक महिना पहिले ओटोलाई कोमाको स्थितीमा अमेरिका फिर्ता पठाइयो जहाँ उनको मृत्यु भएको थियो ।

उक्त घटनापछि अमेरिकाले आफ्नो नागरिकलाई उत्तर कोरिया जानबाट प्रतिबन्ध लगाइदियो ।

केही महिनामा परमाणु कार्यक्रमको विषयमा पनि उत्तर कोरिया र अमेरिकाबिच तनाव निकै बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप