शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्डफ्लु रिलिफ फण्डका लागि निम्बसको राहात

बिहीबार, १२ साउन २०७४, १४ : १२
बिहीबार, १२ साउन २०७४

काठमाडौ–नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको संस्था निम्बसले विगत वर्षहरु झैं यस वर्ष पनि कुखुरा पालक कृषकलाई सहयोग गरेको छ ।

एभिएन एईन्फ्लुएन्जाबाट भएको नोक्सानीमा राहत पु¥याउन सरकारले प्रदान गरेको राहत रकम बराबर नै निम्बसको शक्ति सहयागी हात कार्यक्रम अन्तर्गत साउन ११ गते निम्बसले पन िकर्पोरेट कार्यलय सिनामंगलमा प्रदान गरेको छ ।


कार्यक्रम अन्तर्गत यसपटक खनार–१२ सुनसरी स्थित पाथिभरा पोल्ट्री फार्मका शक्ति फीड प्रयोगकर्ता कृषक सञ्जय गौतमलाई प्रदान गरिएको छ । गौतमलाई परेको नोक्सानी बापत राहत तीन लाख ३८ हजार,४ सय ८८ रुपैयाँ प्रदान गरिएको छ ।


निम्बसको यो सहयोग राहत राहत कार्यक्रमको मुख्य उद्देश्य शक्ति फीड प्रयोगकर्ता कृषकहरुको कुखुरा पालन र उत्पादनस्तर तथा क्षमतालाई कायम राख्दै देशमा खाद्य सुरक्षा सुनिश्चित गर्नू रहेको बताइएको छ । यो योजना व्यावसायिक रुपमा नेपालभर ब्रोईलर र लेयर कुखुरा पालन गर्नेहरुका लागिमात्र हुने निम्बसले जनाएको छ । 


यो योजनाबाट लाभान्वित हुन कृषकले आफ्नो फार्म संचालन गर्नु अघि शक्ति फीड सप्लायरकहाँ दर्ता गर्नुपर्नेछ । त्यस्तै प्रकोप हुनुभन्दा ६ महिना अघिदेखि नियमित रुपमाशक्ति फीड प्रयोग गरिरहेको हुनुपर्नेछ । एभियन एईन्फ्लुएन्जाको नामले चिनिने बर्ड फ्लु, एउटा सरुवा रोग भएको विज्ञहरुले बताएका छन् । जुन कुखुरा, हाँस, सुङ्गुर र मानिसहरुमा देखा पर्दछ । यो रोग झापा जिल्लामा सन् २००९ मा पहिलो पटक देखापरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप