मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्यकार विकलको नाममा भवन

बुधबार, ११ पुस २०७५, १३ : २३
बुधबार, ११ पुस २०७५

काठमाडौं– नेपाली आख्यान साहित्यका विशिष्ट प्रतिभा रमेश विकलको नाममा स्थापित प्रतिष्ठानको भवन निर्माण सम्पन्न भएको छ । प्रतिष्ठान भवनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड््ययन मन्त्री रविन्द्र अधिकारीले यही शनिबार गर्ने कार्यक्रम रहेको छ । भवन राजधानीको गोकर्णेश्वर नगरपालिका–९ स्थित विकलको पुख्र्यौली थातथलोमा निर्माण गरिएको हो । 

भवन  निर्माणसहित आन्तरिक साज सज्जाको काममा गरी कुल १ करोड ४८ लाख ५० हजार रुपियाँ खर्च भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानलाई संस्कृति मन्त्रालयबाट दुर्ई आर्थिक वर्षमा गरी ७० लाख, योजना आयोगबाट ५ लाख, काठमाडौं क्षेत्र नम्बर ३ क्षेत्र विकास कार्यक्रम अन्तर्गत माननीय रामेश्वर फुयाँलको सहयोग तथा पूर्वमन्त्री अम्बिका बस्नेतको समर्थनमा रू ४० लाख प्रदान गरिएको छ । 

प्रतिष्ठानका अनुसार गोकर्णेश्वर नगरपालिकाबाट १८ लाख, दाताहरु प्रभात लामा र गोपाल दंगालबाट एकमुष्ट १५ लाख तथा प्रतिष्ठानका महासचिव विजय चालिसेबाट पनि रू ५० हजार प्राप्त भएको छ । आगामी शनिवार रमेश विकल साहित्य प्रतिष्ठानको एघारौं स्मृति दिवस तथा १२ औ साधारण सभा तथा विकलका नाममा स्थापित विभिन्न पुरस्कारहरु वितरण गरिने प्रतिष्ठानका महासचिव विकलका जेष्ठ सुपुत्र विजय चालिसेले जानकारी दिए ।

कथा र उपन्यासमार्फत् नेपाली साहित्यको श्रीबृद्धिमा उल्लेखनीय योगदान दिएका विकलको चित्रकला र संगीतमा पनि विशेष रुचि थियो । अबिरल बग्दछ इन्द्रावती, नयाँ सडकको गीत, आज फेरि तन्ना फेरिन्छ जस्ता कालजयी रचनाका श्रष्टा विकल लेखन सँगै सम्पादन कलामा पनि सिद्धहस्त प्रतिभा थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप