मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलविरुद्धको सङ्घर्षमा लाग्न इरानी सर्वोच्च नेताको आह्वान

बिहीबार, १२ साउन २०७४, १३ : ५७
बिहीबार, १२ साउन २०७४

तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सम्पूर्ण मुसलमान समुदायलाई इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह गरेका छन् । 

प्यालेस्टाइन मुद्धा इश्लामिक समुदायको प्रमुख विषय भएको भन्दै उनले जहाँबाट जसरी हुन्छ त्यसैगरी इजरायलविरुद्धको सङ्घर्षमा लाग्न आग्रह गरेको बताइएको छ । 

इरानी जनताको जमघटलाई राजधानी तेहरानमा सम्बोधनगर्दै खामेनीले उक्त सन्देश दिएको समाचारमा जनाइएको छ । उनले भने “इश्लामिक धर्मशास्त्रले जहिले मुसलमानहरूको जमिन शत्रुले कब्जा गर्छ त्यहाँ सङ्घर्ष गर भनेको छ ।” 

आजका दिनमा यहुदी शासन विरुद्धकोे लडाई मुसलमानको अधिकारका लागि कर्तव्य वा आवश्यक भएको छ भन्दै खामेनीले इश्लामिक राष्ट्रबीचको एकता अपरिहार्य भएकोमा पनि जोड दिनभएको समाचारमा उल्लेख छ । 

खामेनीले हरेक शुक्रबार राजधानी तेहरानमा प्यालेस्टिनी जनताको समर्थनमा हुने गरेका जुलुसहरुमा सहभागी भएर पनि यो दबाब सिर्जना गर्न उक्त समारोहमा आग्रह गरे । 

हरेक शुक्रबार हुने जुलुसमा सहभागीले अमेरिका विरोधी नारा लगाउँदै इजरायलद्वारा निरन्तर प्यालेस्टिनी भू–भागमा कब्जा गरी बस्ती बसालेकोमा निन्दा गर्दै आएका छन् । 

उनले सो ¥यालीमा लाग्न पनि सबैलाई आग्रह गर्नुभएको तेहरानबाट प्राप्त समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप