शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माझीले फ्याँके जाल, निस्कियो प्रेमी–प्रेमिकाको शव

बिहीबार, १२ साउन २०७४, १३ : ४५
बिहीबार, १२ साउन २०७४

उत्तर प्रदेशको बलियामा गंगाको बाढीमा आजकाल माझीहरुले माछा समात्ने सिलसिला लगातार जारी छ र यसै क्रममा जब एक माझीले पानीमा फ्याँकेको जाल गह्रुङ्गो हुन्छ तब उनको अनुहारमा मुस्कुराहट आयो । तर जब उनले त्यसलाई तान्न सुरु गरे तब जालको तौल धेरै नै भएपछि उनले ठूलै माछा जालमा परेको सोचे । जब उनले जाललाई निकै बल लगाएर बाहिर निकाले तब उनले एक युवा युवतीको शवलाई सलले बाँधेको अवस्थामा देखे । त्यसपछि ती माझीको सातो गयो, जाललाई पानीमा नै फ्याँके र त्यहाँबाट कुलेलम ठोके । घटनाको जानकारी पछि पुलिस घटनास्थल पुग्यो र अब यसको अनुसन्धान भइरहेको छ ।

मोबाइलबाट हुनसक्यो सनाखतः

पुलिस अधिकारी उमा शंकर त्रिपाठीका अनुसार अनुसन्धानको क्रममा पुरुषको पकेटबाट एक मोबाइल फोन भेटियो जसमा सिम कार्ड थिएन तर फोनमा राखिएको मेमोरी कार्डको मद्दतले एउटा नम्बर भेटे र त्यसमा फोन गर्दा दुबै गाजीपुरको भांवरकोलमा बासिन्दा भएको थाहा भयो । पुलिसले मृतकको पहिचान रामचन्द्र र रीनाको रुपमा गरेको छ ।

एक वर्षदेखि चलिरहेको थियो सम्बन्धः

पुलिसका अनुसार मृतक युवक रामचन्द्र (२३) हुन् भने रीना १८ वर्षकी किशोरी हुन् । दुबैको घरको दुरी ५ सय मिटरमात्र थियो । यी दुबैबिच प्रेम सम्बन्धबारे पूरै गाउँलाई थाहा थियो र दुबैको परिवारलाई पनि यसबारे पूर्ण जानकारी थियो । उनीहरुको परिवारसँग कुराकानीपश्चात् दुबै घरमा भागेको र केही दिनदेखि हराइरहेको थाहा भयो ।

किशोरीका पिता बृजनाथ पासवानले पुलिसलाई दिएको जानकारी अनुसार रिना दुई दिनदेखि हराइरहेकी थिइन् र पूरा परिवार मिलेर उनको खोजी गरिरहेको थियो जबकी रामचन्द्रका पिता नर्मल रामले दुई दिन पहिले उनीहरुको घरमा रीना र उनको सम्बन्धबारे झगडा भएको बताए । युवकको परिवारले यी दुई एक हुन नदिएकाले रिसाएका रामचन्द्रले घर छोडेर निस्किएको पुलिसले जानकारी दिए । घरबाट निस्कने क्रममा उनले भनेका थिए, ‘तपाईंहरुले सँगै बस्न नदिएर के भयो ? सँगै मर्नबाट कसले रोक्न सक्ला ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप