कालिकोटका अग्निपीडितलाई सहयोग गर्न विप्लवको निर्देशन
मङ्गलबार, १० पुस २०७५, १६ : ५२
काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्,‘कालिकोटका सम्पूर्ण पार्टी नेता÷कार्यकर्तालाई अग्निपीडित जनतालाई सहयोग र राहत आपूर्ति गर्न यसै विज्ञप्तिमार्फत निर्देशन गरिन्छ ।’
सोमबार कालीकोटको पातला गाउँपालिका १, खाडागाउँमा आगलागी हुँदा ८७ घर जलेर ध्वस्त भएका थिए । घटनामा सात जना घाइते हुनुका साथै २ सय ८५ जना विस्थापित भएका छन् । विप्लवले यो दुःखद् घडीमा कालीकोटका अग्निपीडित जनतासँग आफूहरु साथमा रहेको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !