शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्भनिरोधक औषधी खाँदा महिलाको तौल बढ्छ ? डाक्टर यसो भन्छिन्

मङ्गलबार, १० पुस २०७५, १३ : ४०
मङ्गलबार, १० पुस २०७५

गर्भनिरोधको जिम्मेवारी विशेषगरी महिलाकै हुन्छ । यसकारण अनावश्यक गर्भबाट रोक्नका लागि पिल्स खान्छन् । लगातार इमर्जेन्सी पिल्स खाएपछि महिला आफूमा परिवर्तन महसुस गर्छन् । यसमा अचानक तौल बढ्नु पनि एक हो । महिलाका लागि योभन्दा ठूलो कुरा के होला । त्यसो भए के पिल्सले तपाईंको तौलमा वृद्धि गरिरहेको छ ?

होइन । गर्भनिरोध औषधी दुई प्रकारका हुन्छन् । एउटा हुन्छ कम्बिनेशन पिल । यसमा एस्ट्रोजेन र प्रोजेसटिन दुई प्रकारका हर्मोन हुन्छन् । अर्को हुन्छ मिनिपिल । यसमा प्रोजेसटिन मात्र हुन्छ । तपाईंको पिलमा के छ, त्यसबारे खोललाई पल्टाएर पढ्नसक्नुहुन्छ । वास्तविकता यो हो कि यी दुबै पिल्सले तौल बढाउँदैन ।

एक चर्चित जर्नल छ, ‘द जर्नल अफ विमिन्स हेल्थ’ । यसमा एक अनुसन्धान छापेको थियो । अत्यधिक तौल भएका महिलामाथि इमर्जेन्सी पिल्सबारे परीक्षण गरियो । जब नतिजा प्रकाशित भयो तब उनीहरुको तौलमा पिल्सको कुनै सम्बन्ध देखिएन । सन् २०१७ मा पनि ४५ शोध गर्भनिरोधसम्बन्धि छापिएको थियो । यी शोधले पनि पिल्सले तौल बढ्दैन भन्ने निष्कर्ष निकालेको छ ।

यसबारे भारतकी डाक्टर अनुराधा शर्माले जानकारी दिएकी छिन् । उनी फोर्टिस अस्पताल, मुम्बईमा स्त्रीरोग विशेषज्ञ हुन् । उनी भन्छिन्ः

‘हो, धेरै महिलाले यही प्रश्न मलाई सोध्छन् । उनीहरुलाई लाग्छ कि गर्भनिरोधक पिल्स खाँदा उनीहरुको तौल बढ्छ र यसको बिकल्पमा के गर्ने । जब तपाईं पहिलो पटक यो पिल्स खान सुरु गर्नुहुन्छ तब तपाईंको शरिरमा केही हर्मोनल परिवर्तन हुन्छन् जस्तै तपाईंको स्तन संवेदनशील हुन्छन् र ती सुन्निन्छन् । यो स्तनको तन्तुमा परिवर्तनका कारण हुन्छ जसका कारण तन्तुमा वाटर रिटेन्शन हुन्छ र तपाईंको स्तनको आकारमा वृद्धि हुन्छ । यसलाई महिलाले तौल बढेको सम्झन्छन् ।’

त्यसकारण महिलाले तौल बढ्छ भनेर गर्भ निरोधक औषधी खान डराइरहेका छन् भने ढुक्क हुनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप