बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के ज्वरो आउनु पनि स्वास्थ्यका लागि फाइदाजनक ? यस्ता छन् रोचक तथ्य

बिहीबार, १२ साउन २०७४, १३ : ०८
बिहीबार, १२ साउन २०७४

सुन्दा अचम्म लाग्ला तर ज्वरो आउनु पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

ज्वरोलाई एक रोगको रुपमा लिइन्छ तर वास्तवमा यो हाम्रो शरिरमा भइरहेको खराबीको लक्षण मात्र हो । यसको अर्थ यो हो कि हाम्रो सिस्टमलाई खतरनाक ब्याक्टेरियाबाट बचाउनका लागि हाम्रो शरिर त्यससँग सशक्त रुपमा लड्न कोसिस गर्दछ । यो लक्षण लगभग ६ सय वर्षदेखि तातो र चिसो रगत भएका जीवमा देखिएको छ ।

कोही मानिसहरु ज्वरो आउँदा अत्यधिक चिन्तित हुने गर्दछन् भने कसैले प्यारासिटामोल पनि खान दिँदैनन् । वास्तवमा ज्वरो आउनु हाम्रो प्रतिरक्षा प्रणालीको लागि निकै राम्रो मानिन्छ ।

प्रतिरोधात्मक क्षमतामा वृद्धिः

हरेक व्यक्तिले आफ्नो प्रतिरोधी क्षमताले निकै राम्रोसँग काम गरोस् भन्ने चाहना राख्छन् । ज्वरोले हामीलाई स्वस्थ राख्नमा सहयोग पुर्याउँछ । यसले किटाणुसँग लडेर हाम्रो शरिरको आन्तरिक स्थितीबारे पत्ता लगाउन सहयोग गर्नुका साथै त्यसलाई नियन्त्रित गर्दछ । ज्वरो आउनुको सबैभन्दा ठूलो फाइदा यो हुन्छ कि यसले हाम्रो प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ । रसवेल पार्क क्यान्सर इन्स्टिच्युटको डिपार्टमेन्ट अफ इम्यूनोलोजीको तर्फबाट गरिएको एक अनुसन्धानबाट यो पुष्टि भइसकेको छ कि ज्वरोले हाम्रो प्रतिरोधी क्षमतालाई थप बलियो बनाउँछ ।

ज्वरोले भाइरसलाई समाप्त गर्न सहयोग गर्दछः

ब्याक्टेरिया बिस्तारै हाम्रो शरिरमा प्रवेश गर्ने गर्दछ र शरिरभित्र विभिन्न गम्भिर रोग पैदा गर्न सक्छ । यस्ता संक्रमित भाइरसले सामान्य रुघा खोकीदेखि हेपाटाइटिस जस्ता थुप्रै रोग हाम्रो शरिरमा उत्पन्न गर्न थाल्छ । लिम्फोसाइट सिडि एट प्लस साइटोटक्सिक टी–सेल एक शक्तिशाली इम्युन सेल हो जसले भाइरसलाई मार्ने गर्दछ र ट्युमर सेललाई पनि बढ्नबाट रोक्छ । जब हाम्रो शरिरको तापमान बढ्ने गर्दछ तब यो कोशिका पनि तीब्र रुपमा बढ्न थाल्छ जसका कारण हाम्रो शरिर संक्रमणलाई निकै राम्रो तरिकाले रोक्न सक्छ । इन्टरफेरोन्स हाम्रो शरिरको भाइरसबाट लड्ने एक कोशिका हो । अनुसन्धानका अनुसार ज्वरोले हाम्रो शरिरको इन्टरफेरोन्सलाई बढाउन सहयोग गर्दछ ।

ज्वरोले तपाईंको इनेट इम्युन सिस्टमलाई बढाउँछः

इनेट इम्युन सिस्टम शरिरको इम्यून सिस्टमको नै एक हिस्सा हो जसले इम्यून सेललाई संक्रामक स्थानमा पुर्याउने गर्दछ र त्यहाँ ब्याक्टेरिया वा किटाणुको पहिचान गरेर त्यसलाई नष्ट गर्ने गर्दछ जसले तपाईंलाई संक्रमणबाट जोगाउँछ । ज्वरो आउँदा यो इनेट इम्युन सिस्टम पूर्ण रुपमा क्रियाशील हुने गर्दछ ।

क्यान्सरको उपचारमा ज्वरोले मद्दत गर्छः

हाइपरथर्मिया वा ज्वरो विभिन्न प्रकारको क्यान्सरको उपचारमा निकै उपयोगी छ । फोकल हाइपरथर्मिया ४० डिग्री सेल्सियसबाट माथि हुँदा क्यान्सर सेल्सलाई नष्ट गर्ने गर्दछ र प्रतिरोधी क्षमतालाई राम्रो बनाउने गर्दछ ।

तर ज्वरो आउँदा तपाईं खुसी हुनुपर्छ भन्न पनि यहाँ खोजिएको होइन । काम ज्वरो आउँदा वा अन्य कुनै लक्षण देखिँदा तुरुन्त डाक्टरलाई देखाउनुपर्छ । ४० डिग्री सेन्टिग्रेट ज्वरो आउँदा तुरुन्त मेडिकलको सुविधा लिनुहोस् । धेरै ज्वरो आउँदाको लापरवाही घातक पनि हुने गर्दछ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप