बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्म नचल्दै ‘जय श्री दाम’ को १५ मिनेट युट्युवमा सार्वजनिक

मङ्गलबार, १० पुस २०७५, १० : २५
मङ्गलबार, १० पुस २०७५

काठमाडौं – ट्रेलर र गीत बाहेक निर्माण युनिटले चलचित्र प्रदर्शनमा पुर्व अन्य कन्टेन्ट गोप्य राख्ने गर्दछन् । तर २० पौसबाट प्रदर्शनमा आउँने चलचित्र ‘जय श्री दाम’ले भने १५ मिनेट फिल्म देखाएको छ ।

सोमबार राजधानीको दरबारमार्ग स्थित क्युुज चलचित्र भवनमा आयोजित एक कार्यक्रममा निर्मार्ण युनिटले ‘जय श्री दाम’को पहिलो हपको १५ मिनेट दृश्य देखाएको हो ।

दर्शकलाई सुरुवातकै १५ मिनेटको दृश्य मन परेको खण्डमा हलमा आउने भएकोले आफुहरुले १५ मिनेट चलचित्र सार्वजनिक गरेको निर्देशक विप्लप उप्रेतीले बताए । ‘यो हाम्रो नयाँ प्रयोग हो’ उप्रेतीले भने ‘सबैले एकै किसिमले प्रचार गर्नुपर्छ भन्ने छैन ।’ चलचित्रको सुरुवाती १५ मिनेटको मनपरे दर्शक हलसम्म आउने उप्रेतीको भनाई रहेको छ । उक्त दृश्य युट्युवबाट समेत सार्वजनिक गरिएको छ । 

अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, जेबिका कार्की, विष्णु सापकोटा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले पैसाका लागि हुने संघर्ष कथा कमेडी शैलीमा प्रस्तुत गरेको छ । 
अहिले बजारमा आएका कमेडी भन्दा फरक कमेडी चलचित्रमा देख्न सकिने  पृथ्वी उप्रेतीले बताए । पृथ्वी र मनोज उप्रेती चलचित्रका कार्यकारी निर्माता हुन् । 

सुशान्त गौतमको संगीत, मित्र डी गुरुङको सम्पादन, विप्लप उप्रेती र अमरदिप सापकोटाको पटकथा, नवराज उप्रेतीको छायांकन चलचित्रमा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप