शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माघ ७ गते भित्र सबै तहको निर्वाचन हुनेमा एमालेको आशंका

बिहीबार, १२ साउन २०७४, १२ : ५४
बिहीबार, १२ साउन २०७४

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई तोकिएकै समयसीमा भित्र निर्वाचन क्षेत्र निर्धारण गरिसक्न आग्रह गरेको छ ।  पार्टी स्थायी समिति बैठकले तोकिएकै समयसीमा भित्र निर्वाचन क्षेत्र निर्धारण गरिसक्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको हो । 


काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा विहिबार विहान बसेको बैठकले संविधानले निर्दिष्ट गरेको मापदण्ड भित्र रहेर स्वतन्त्र र निष्पक्ष ढंगले आफ्नो कार्यसम्पादन गर्न पनि आयोगलाई सुुुझाव दिएको छ । सरकारले २१ दिन भित्र काम गरिसक्ने कार्यादेशसहित सर्वोच्च अदालतका पूर्वन्यायाधिश कमलनारायण दासको नेतृत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र निर्वाचन आयोग गठन गरेको छ । 


आयोगलाई दिइएको समयसीमा भित्रै निर्वाचन क्षेत्र निर्धारणको काम गरिसक्न आग्रह गरिएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिनु भयो । एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोगको गठनमा ढिलाई हुँदा आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न नहुने हो कि भन्ने आशंका पनि व्यक्त गर्दै आएको छ ।
जिससमा उम्मेदवार तय
एमाले स्थायी समिति बैठकले जिल्ला समन्वय समिति (जिसस)का लागि पार्टीले दिने प्रमुख, उपप्रमुखसहितका उम्मेदवारहरु पनि तय गरेको छ । प्रदेश नम्बर ४ मा केन्द्रित भएर देशभरका सबै जिल्ला समन्वय समितिका लागि पार्टीको तर्फबाट दिने उम्मेदवार तय गरिएको पनि सचिव ज्ञवालीले बताए । 


एमालेले मुस्ताङमा जिल्ला समन्वय समितिको प्रमुखमा छिरिङ तमू गुरुङ र उप्रमुखमा रिन्जिन नाम्गेल गुरुङको उम्मेदवारी मनोनयन गरेको छ । त्यसैगरी पर्वतमा मनोहर पौडेल विश्वकर्मालाई प्रमुखमा र यमकुमारी रानालाई उपप्रमुखको उम्मेदवार बनाइएको छ । 


एमालेले जिल्ला समन्वय समिति गठनमा ढिलाई नगर्न निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराउँदै आएको छ । बैठकमा पार्टीका कार्यबहाक अध्यक्ष बामदेव गौतमले सरकार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समयमै सम्पन्न गर्न प्रतिवद्ध नरहेको आरोप लगाउनु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप