शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो पटक म्युजिक भिडियो मोडलिङमा अन्जु पन्त

सोमबार, ०९ पुस २०७५, १६ : ५५
सोमबार, ०९ पुस २०७५

काठमाडौं – चर्चित गायिका अन्जु पन्त पनि म्युजिक भिडियो अभिनयमा देखिएकी छन् । ‘तिमीलाई माया गर्छु’ बोलको गीतको म्युजिक भिडियोमा गायिका अन्जुको अभिनय देख्न सकिन्छ ।

गीतकार टेक तामाङको शब्द रहेको यो गीतमा स्वर पनि अन्जुकै रहेको छ । संगीत भने अर्जुन पोखरेलले गरेका हुन् । भिडियोमा पनि अन्जु गायिकाकै अवतारमा प्रस्तुत भएकी छन् ।

शान थापाको निर्देशन रहेको भिडियोमा अन्जु ६ परिहरुबाट घेरिएकी छिन् । भिडियो बिषेश बनाउन नयाँ थिम प्रयोग गरिएको पन्तले बताइन् । 

यो गीत तामाङको चौथो एल्वम ‘नाता’मा समेटिएको छ । एल्बमका अन्य गीतहरुमा अन्जु पन्त, मेलिना राई, संगीता राना प्रधान, दीपा लामा, जिना रसाईली र ओङ्मु लामा शेर्पाको स्वर रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप