कुहिरोलाई छिचोल्दै कालिञ्चोकको शिखरमा
कालिञ्चोक । दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती नेपालको एक चर्चित धार्मिक तथा पर्यटकीय स्थल हो ।
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनीमध्ये एक हुन् भन्ने किम्बदन्ती प्रचलित रहेको छ ।
यो मन्दिर सदरमुकाम चरिकोटबाट उत्तरमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट यो ३ हजार ८४२ मिटर उचाईमा छ ।
कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । कालिञ्चोक चरीकोटदेखि ६ घण्टाको पैदल दूरीमा छ । कुरी बजारदेखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती पुग्न सकिन्छ ।
एक महिना अगाडीबाट केबुलकार सञ्चालनमा आएपछि सोही दुरी ५ मिनेटको केबुलकार यात्रा र १० मिनेट हिँडे पुग्छ ।
कसरी जाने कालिञ्चोक ?
कालिञ्चोक जान काठमाडौँबाट सार्वजनिक यातायात सिधै पाइँदैन । त्यसको लागि काठमाडौँबाट दोलखाको चरिकोटसम्म जान सकिन्छ । त्यहाँबाट सार्वजनिक सवारी थोरै मात्रमा चल्ने गर्छ । तर, भाडाका अन्य सवारी साधन भने सजिलै पाउन पाइन्छ ।
निजी सवारी साधन लिएर जानेले मुडे हुँदै मकैबारी भन्ने स्थानबाट माथि लाग्नुपर्दछ । करिब १८ किलोमिटर सडकमा धुलो, हिलो, ढलान हुँदै कुरी बजार पुगिन्छ । चरिकोटदेखि जानेले १९ किलोमीटर दुरीको यात्रा तय गर्न सकिन्छ । कुरी बजारमा झण्डै दुई दर्जन हाराहारीमा होटलह? रहेका छन् । त्यहाँ आफ्नो रोजाई अनुसार बस्न र खान सकिन्छ ।
फर्कदा कालिन्चोकमा स्थानीय छुर्पी, जडिबुटीलगायतका कोसेलीह? ल्याउन सकिन्छ ।
अहिले सिन्धुपाल्चोकको लामोँसाघु दोलखाको तामाकोशीसम्म सडक विस्तारको काम भएकाले यात्रा केही असहज भने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद