शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको ‘एम्बुस’मा पर्यो नक्कली ट्याक्सी, यस्तो छ रहस्य

बिहीबार, १२ साउन २०७४, १२ : ४५
बिहीबार, १२ साउन २०७४

ललितपुर–भूकम्प पीडितलाई वितरण गरिएको ट्याक्सी नम्बर दुरुपयोग भएको पाइएको छ ।  चेकजाँचको क्रममा ललितपुरको जावलाखेलमा  गाडी बा२ज ३१५४ नम्बरको  ट्याक्सी समातिएपछि यस्तो रहस्य खुलेको हो ।


ललितपुरका ट्राफिक प्रहरी  प्रमुख सीताराम हाछेँथुका  अनुसार चेकजाँचका क्रममा चालक नारायण विश्वकर्मासँग बिलबुक माग्दा उनले  बा१७च ३५०२ नम्बरको नीजि गाडीको कागजात देखाएका थिए । तर ट्याक्सीको भने कुनै बिलबुक थिएन।

 यसरी  हुँदै नभएको नक्कली नम्बरको ट्याक्सी चलाएर अर्को नम्बरको कागजात चालकले देखाएपछि सोधपुछका क्रममा  दोलखाका सैलुंगेश्वर ८ का भूकम्प पीडित कुलबहादुर खड्काले रु ४ लाखमा विश्वकर्माका मालिक  देव दासलाई नम्बर बेचेको खुल्न आएको हाछेँथुले बताए ।  यातायात व्यवस्था विभागले वितरण गरेको नम्बर दासलाई ४ लाखमा खड्काले दासलाई बेचेको र   प्रक्रिया नै पूरा नगरी बिलबुकबिनै बा१७च ३५०२ नम्बरको प्राइभेट गाडीको कागजातको आधारमा गाडी चलाएको पाइएको  उनको भनाई छ । 


उनले भूकम्प पीडितले नम्बर बेच्नु  गलत कार्य भएको भन्दै  हुँदै  नभएको नम्बर प्लेट राखेर  गाडी चलाइनु अक्ष्यम्म अपराध भएको बताए । यस्ता नम्बर प्लेट राखेर चलाइएको गाडीले  दुर्घटना गराएर फरार भए खोज्न समस्या हुने उनको भनाई छ ।  उनले भने, ‘ गाडी बा२ज ३१५४ नम्बरको  छ । तर  बिलबुक भने छैन, दुर्घटना भएको खण्डमा यस्ता गाडी फेला पर्न मुश्किल पर्छ ।’ 


हाछेँथुले गाडीलाई नियन्त्रणमा लिइएको र आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय एकान्तकुना पठाइएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप