शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर प्रकरण : आज सरकारी वकिलले बहस गर्दै

बिहीबार, १२ साउन २०७४, १२ : ०३
बिहीबार, १२ साउन २०७४

काठमाडौ–  चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ मा पुन:  मतदान वा मतगणना भन्ने विवादमा परेको रिटमा बिहीबार सर्वोच्चमा बहस हुँदैछ ।

न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सो मुद्धाको बहस हुदैछ । यसअघि पटक पटक स्थगित भएर पछि हेर्दाहेर्दैमा सुनुवाइ भइरहेको सो मुद्धाको बहस बिहिबारलाई तोकिएको थियो ।  
गत साउन २ गतेदेखि मुद्दाको मिसिल खोलिए पनि यसअघिको अन्तरकालिन आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने बहस सकिएपछि मात्रै निश्चित हुने भएको छ । 
बिहीबार सरकारी वकिलले बहस गर्नेछन् । सरकारी वकिलको बहसपछि निर्वाचन आयोग तर्फका कानुन व्यवसायीले पनि बहस गर्ने बुझिएको छ । सरकारी वकिल र आयोगका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षलाई जवाफका लागि समय दिइने बताइएको छ ।

भरतपुरका १९ का एमालेका वडासदस्य गुन्जमान विकसमेत दुईजनाले निर्वाचन आयोगको पुन मतदान गर्ने निर्णयविरुद्ध मुद्धा दायर गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप