बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीसँग रियलको लज्जासपद पराजय

बिहीबार, १२ साउन २०७४, ११ : ३०
बिहीबार, १२ साउन २०७४

क्यालिफोर्निया – स्पेनिस तथा युरोपियन च्याम्पियन रियल म्याड्रिड इंग्ल्सि क्लब म्यान्चेस्टरसँग ४–१ गोलअन्तरले पराजित भएको छ ।

इन्टरनेसनल च्याम्पियन्स कप अन्तरगत अमेरिकाको लस एन्जलिस शहरमा भएको खेलमा सिटीले रियलमाथि सहज जित निकालेको हो ।

प्रिसिजन टुरमा रियलको यो दोस्रो हार हो । यसअघि रियल म्यान्चेस्टर युनाइटेडसँग पेनाल्टीमा पराजित भएको थियो ।

पहिलो हाफ गोलरहित बारबरीमा सकिएपछि दोस्रो हाफको शुरुवातसँगै सिटीले रियलमाथि गोलको वर्षा गरेको थियो ।

निकालास ओटामेन्टी, राहिम स्टर्लिङ, जोन स्टोन्स र ब्राहिम डियाजले सिटीका लागि गोल गरे ।
सिटीका तीनवटा गोलमा केभिन डि ब्रयुनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

खेलको अन्त्यमा रियलका युवा खेलाडी ओस्कारले ३० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै सिटीलाई क्लिन सिटबाट भने बञ्चित गरे ।

खेलमा रियलबाट सिटी पुगेका डिफेन्डर ड्यानिलोले डेब्यु गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप