शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशी सुपरस्टारले शाहरुखसँगको फोटो पोस्ट गरे, यस्ता गालीको बर्सात

बिहीबार, १२ साउन २०७४, ११ : १९
बिहीबार, १२ साउन २०७४

बंगलादेशका सुपरस्टार भनिने एक व्यक्तिले शाहरुखसँगको फोटो फेसबुकमा पोष्ट गरेपछि निकै चर्चा बटुलेका छन् । बंगलादेशी मोडल र नायक आलम उर्फ अलोम बोगराले उक्त फोटो राखेपछि मानिसहरुले विभिन्न कमेन्ट गरेर उनलाई हाँसोका पात्र बनाइरहेका छन् ।

फोटो पोष्ट गर्नेबेलामा उनले शाहरुखको नाम पनि सहि तरिकाले लेखेका छैनन् । अलोमले लेखे, ‘सारुख खान मेरा फ्यान हुन् शत प्रतिशत । सुन्नुहोस् ! सारुखले मसँग सेल्फी लिए । लभ यू सारुख मेरा फ्यान ।’

फोटोशप गरेर शाहरुखसँग जोडे आफ्नो फोटोः

– अलोमले जुन फोटो पोष्ट गरेका छन्, त्यसमा शाहरुख खानसँग आफ्नो फोटो फोटोसपमार्फत जोडेका हुन् । वास्तवमा शाहरुखको यो फोटो कुनै फिल्मको प्रोमोशनको क्रममा खिचिएको हो जसमा फोटोसपमार्फत अलोमले आफ्नो फोटो जोडिदिएका छन् ।

अलोमको फोटोमा आइरहेका छन् यस्ता प्रतिक्रियाः

शाहरुखसँग फोटो पोष्ट गरेपछि अलोम सोसल साइट प्रयोगकर्ताको निशानामा आए । मानिसहरु यो फोटोमा विभिन्न प्रकारको कमेन्ट गरिरहेका छन् ।

सुरुवातमा सिडि, क्यासेट बच्ने काम गर्दथे अलोमः

अलोमको पूरा नाम अशरफूल आलम सइद हो । अलोमको जन्म निकै गरिब परिवारमा भयो । उनका बुवा चनाचूर (चनाबाट बनेको खानेकुरा) बेचेर आफ्नो गुजारा गर्दथे । अलोम जब १० वर्षका थिए तब उनका पिताले उनलाई र उनकी आमालाई छोडेर दोस्रो विवाह गरे ।

आफ्नो दैनिकीलाई गुजारा गर्नका लागि उनले पनि आफ्नो व्यवसाय सुरु गरे । कामका कारण अलोम पढाई गर्न पाउँदैनथे जसका कारण उनी सात कक्षामा फेल भए ।

त्यसपछि अलोमले पढाई छोडेर सिडि र क्यासेट बेच्ने काम सुरु गरे । यद्यपी, पछि सिडिको व्यापार पनि नचलेपछि उनले नेटवर्कको व्यापार गर्न सुरु गरे ।

अलोमले आफ्नो गाउँ इरुलियाबाटै यसको सुरुवात गरे । सिडि र केबलको व्यापारले आलोमको मासिक तलब ७० देखि ८० भारु मात्रै हुन्थ्यो ।

अलोम गाउँमा आफ्नो व्यवसाय र परिवारसँग खुसी थिए । उनको परिवारमा उनकी श्रीमती सूमी अख्तर र दुई सन्तान अबिर र छोरी अलो छन् । अलोमका अनुसार उनले गाउँमा हुँदा नै आफ्नो हातले कमाउन र खान सिके ।

यसरी लाग्यो मोडलिङको रहरः

अलोमका अनुसार एकपटक उनले क्यासेटमा मोडलको फोटो देखे । त्यो देखेर उनको दिमागको मोडलिङको भूत सवार भयो ।

उनले भने, ‘मोडल बन्ने रहर भएपछि एक सिडि बेच्ने व्यक्ति कसरी मोडल बन्न सक्ला भन्ने ज्ञान थिएन । केही मानिसहरुले मलाई यो कामका लागि अस्विकार पनि गरे तर मैले कसैको कुरा पनि सुनिनँ ।’

यसरी भए चर्चितः

त्यसपछि सन् २००८ मा अलोमले आफ्नै म्यूजिक भिडियो बनाए र यसलाई आफ्नो स्थानीय केवल टिभी नेटवर्कमा देखाए । मानिसहरुले अलोमको भिडियो निकै मन पराए र उनी क्रमशः बंगलादेशमा चर्चित हुन थाले ।

त्यसको केही समयपछि अलोमको भिडियो कसैले युट्युबमा अपलोड गरिदिए, त्यसपछि उनको भिडियो भाइरल भयो । त्यसपछि उनी हेर्दा हेदै इन्टरनेटको सेन्सेसन बने ।

इन्टरनेटमा अलोमको भिडियो हेरेपछि थुप्रै मानिसहरुले उनलाई म्यूजिक भिडियोमा काम गर्ने अफर दिए । रिपोर्टका अनुसार अलोमसँग अहिले एक सर्ट फिल्म, दुई टिभी ड्रामा र दुई टिभी कमर्सियलमा काम गर्ने अफर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप