शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंका–भारत टेस्ट : पहिलो दिनमै भारतको किर्तिमान

बिहीबार, १२ साउन २०७४, ११ : १८
बिहीबार, १२ साउन २०७४

गाले – भारतले श्रीलंकाविरुद्धमा पहिलो टेष्ट म्याचको पहिलो दिन मा नै एउटा नयाँ रेकर्ड बनाउन सफल भएको छ । 

पहिलो ब्याटिङ गर्दै भारतीय टोलीले पहिलो दिनको अन्त्यसम्ममा ३ विकेट गुमाएर ३ सय ९९ रनको योगफल तयार पार्यो । यो भारतले टेष्ट म्याचको पहिलो दिन बनाएको दोस्रो ठूलो स्कोर हो । 

योभन्दा अघि भारतको दोस्रो उत्कृष्ट स्कोर ३८५/६ थियो जुन श्रीलंकाविरुद्ध अहमदाबादको मैदानमा बनाएको थियो । 

भारतले पहिलो दिनमा बनाएको सबैभन्दा ठूलो स्कोर भनेको २ विकेटमा ४१७ रन हो । सन् २००९–१० मा श्रीलंकाको विरुद्धमा नै कानपुरको मैदानमा भारतले उक्त स्कोर बनाएको थियो । 

उक्त इनिङमा गौतम गम्भीरले १६७, विरेन्द्र सहवागले १३१ र राहुल द्रविडले १४४ रनको ईनिङ खेलेका थिए । भारतले उक्त खेल १ इनिङ र १४४ रनले आफनो वर्चस्वमा पारेको थियो । 

भारतको शुरुवात भने राम्रो भएन

श्रीलंकासँगको जारी खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गरेको थियो । भारतको सुरुवात भने राम्रो रहेन र २७ रनको स्कोरमा नै अभिनव मुकुन्द आउट भए । यसपछि धवन र पुजाराले मिलेर २५३ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । 


धवन आउट भए पश्चात ब्याटिङ गर्न पुगेका कप्तान विराट कोहली केवल ३ रन बनाएर आउट भए । श्रीलकांका लागी नुवान प्रदिपले १८ ओभरमा ६४ रन दिएर ३ विकेट लिए । तर चेतेश्वर पुजारा १४४ र आजिक्यं रहाणे ३९ रनमा नटआउट रहे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप