शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा एक वर्षमा ७६ दुर्घटना, ६१ को मृत्यु

बिहीबार, १२ साउन २०७४, १० : ४८
बिहीबार, १२ साउन २०७४

कपिलवस्तु – जिल्लामा आर्थिक वर्ष २०७३ र ०७४ मा सवारी दुर्घटनामा परी ६१ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी ४६ जना पुरुष, ११ जना महिला र ४ जना वालवालिकाको ज्यान गएको  हो ।

दुर्घटनामा परी ५९ जना गम्भीर घाइते र ३० जना सामन्य घाइते भएका छन् । चालकको लापरवाहीका कारण  ८६ प्रतिशत दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख अमर बहादुर कार्कीले जानकारी दिए ।

आर्थिक वर्ष २०७२ र ०७३ मा ६३ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा ५४ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७३ र ०७४ मा १०५ वटा सवारीसाधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  ।

ट्रक ८ वटा, बस १३ वटा, जीप÷कार १५ वटा मोटरसाइकल १० वटा, ट्याक्टर १७ वटा गरी १०५ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।  यो अघिल्लो आर्थिक वर्ष भन्दा बढि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप