शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार शनिवारको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, ०७ पुस २०७५, ०६ : १५
शनिबार, ०७ पुस २०७५

आजको राशिफल

वि.सं.२०७५ साल पौष ०७ गते । शनिबार । ईश्वी सन् २०१८ डिसेम्बर २२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि पूर्णिमा,४३ घडी १८ पला,रातको १२ बजेर १२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र मृगशिरा,४४ घडी २८ पला,रातको १२ बजेर ३९ मिनेट उप्रान्त आद्रा । योग शुभ,१८ घडि ४५ पला,दिउँसो ०२ बजेर २२ मिनेट उप्रान्त शुक्ल । करण भद्रा,दिउँसो ०१ बजेर ०२ मिनेट उप्रान्त बव,रातको १२ बजेर १२ मिनेट उप्रान्त वालव । आनन्दादिमा बज्र योग । चन्द्रराशि बृष,मध्यान्ह ०१ बजेर ११ मिनेट उप्रान्त मिथुन । पूर्णिमा व्रत। धान्य पूर्णिमा। धान्यपर्वत दान। गैडु पूजा। योमरी पुन्ही। थिला पुन्ही। उधौली पर्व। धनेश्वर मेला। दत्तात्रेय जयन्ती। कुठीधान्य लक्ष्मीपूजा। भक्तपुरस्थित अनन्तलिंगेश्वर मेला। चम्पादेवी मेला। रानीकोटस्थित श्रीबाघ(भैरव पर्व। छोटो दिन नजिकको पूर्णिमा।

 

काठमाडौंमा सूर्योदय ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २५ घडी ५० पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यून श्रमबाट मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाईने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानिबाट मनग्गे भन लाभ हुने योग रहेकोछ ।  साझपख यात्रा गर्दा ध्यान दिनुहोला,समय मध्ययम रहेकोछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुँनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरि समाजमा सम्मानित हुँने योग रहेकोछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिदेशबाट सञ्चालित सस्थामा काम पाउँने तथा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । स्वास्थ्य सबल हुँने हुँदा परिणाम मुखि काम गरि समाजमा नाम कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानि गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाई लेखाईमा मन जाने छैन भने अल्छि गर्नाले अन्यकाहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुने हुदा अन्य काम गर्न सहज हुनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

 

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपुर्ण व्याक्तिहरु सँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने तपाईको काममा आफन्त तथा शुभचिन्तकहरुको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथिको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरि समाजमा नाम कमाउन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानि अपनाउनु होला आजको दिन मध्ययम रहेकोछ । मध्यान्बाट समय मध्ययम रहेकोले धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ । धर्म तथा सस्कृति तथा आफ्नो रितीरिवाज जगेर्ना गर्ने काममा समय खर्च हुनेछ । 

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ  । सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेमम एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुँन सक्छ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानि गर्ने अवसर आउनेछ । बिद्यार्थिहरुले पढाई लेखाईमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुदा मन प्रशन्न रहनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा मन जानेछ भने सफल हुँने सुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ भने स्कुल कलेजमा गरिएको लगानिबाट प्रशस्त आम्दानि हुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुँने योग रहेकोछ । साझपख समय मध्ययम रहेकोले वादविवादमा सामेल नहुनुहोला ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । राजनितिमा जनताको समर्थन पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पढाई लेखाईमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । मन परेको मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । बादबिवाद तथा प्रतिश्पर्धामा आजको दिन सरिक नहुदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागि भई बयान दिदा हारिने सम्भावना रहेको छ । बिद्यामा उत्साजनक प्रगति नहुदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दुरिको यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधको सामना गर्नु पर्ने हुन सक्छ । 

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउन,चिना हेराउन तथा वास्तु सँग सम्वन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप