शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोनबाट कुरा गर्दागर्दै प्रेम बस्यो – गायिका मलिका कार्की

शुक्रबार, ०६ पुस २०७५, १३ : ४१
शुक्रबार, ०६ पुस २०७५

पछिल्लो समयकी हिट गायिकाको सूची तयार गर्ने हो भने मलिका कार्कीको नाम छुटाउन मिल्दैन । करिब एक दशकदेखि गायनमा लगातार रमाउँदै आएकी मलिकाको स्वर रहेका थुप्रै गीत हिट छन् । कलिउड र बलिउडमा चर्चित गायक उदितनारायण झासँग ‘लाजको लाली’ बोलको गीत गाएर सङ्गीतिक यात्रा सुरु गरेकी उनका ‘यति धेरै मान्छेको भीडमा’, कति कुरा मुखले’ लगायत दर्जनौँ गीत हिट छ । 
‘जीवन मृत्यु’, ‘द गेम’, ‘पापी मान्छे’, ‘पापी मान्छे २’ लगायत थुप्रै चलचित्रका गीतमा समेत उनको आवाज रहेको छ । बेलाबेलामा आयोजना हुने म्युजिक खबर अवार्ड, सगरमाथा म्युजिक अवार्ड, विन्ध्यवासिनी म्युजिक अवार्ड, कालीका म्युजिक अवार्डलगायतमा गायन विधाबाट विभिन्न पुरस्कार जित्न सफल उनी अहिले सोलो एल्बम ‘मौसम’को तयारीमा छिन् । आलोकश्रीको एकल सङ्गीत र थुप्रै चर्चित गीतकारको शब्द रहने यो एल्बम छिट्टै बजारमा ल्याउने तयारी रहेको बताउने गायिका मलिकासँग रातोपटीको दस प्रश्न ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
–अहिले फेरि नयाँ एल्बम ‘मौसम’ ल्याउने तयारीमा जुटेकी छु । जसको एक गीत रेकर्ड भइसकेको छ । एक गीतको म्युजिक भिडियो भोलि सुटिङ हुँदैछ । 

आफ्नो गीतमा आफै मोडलिङ गर्ने ट्रेन्ड चलेको छ । तपाईंलाई मोडलिङमा आउन मन लागेको छैन ?
– हो, धेरै गायक गायिका आफ्नो गीतको म्युजिक भिडियोमा आफै देखिने गरेका छन् । मोडलिङ इन्ट्रेस्टभन्दा पनि चिनिनका लागि गर्नुपर्दाेरहेछ भन्ने मलाई पनि लागेको छ । तर म अलि मोटी भएकाले समस्या परेको छ । आगामी दिनमा आफूलाई फिट राखेर मोडलिङ पनि गर्छुु होला ।

गायनका लागि दैनिक रियाज आवश्यक छ ?
– मेरो कुरा गर्ने हो भने म गीत गाउनमै व्यस्त छु । त्यसैले अचेल मेरो रियाज गीत गाउँदागाउँदै हुने गरेको छ । रियाजकै लागि बेग्लै समय दिने गरेकी छैन । गायन सुरुको समय १, २ घन्टा गर्थें ।

सौन्दर्यतिर कतिको ध्यान दिनुहुन्छ नि ?
–धेरै दिन्छु नि । सौन्दर्यतिर कसलाई पो ध्यान दिन मन लाग्दैन र । म प्रायः क्रिम पाउडर र गाजल लगाएर हिँड्छु । मभन्दा पनि मेरो मन राम्रो छ । यो बुझ्नुस् न । 

फेसनतिर त इन्ट्रेस्ट होला नि ?
– धेरै होइन अलिअलि छ । ब्रान्डेट लगाउनुपर्छ भन्ने छैन । आफूलाई कम्फर्टेबल लाग्ने सबै प्रकारका पहिरन लगाउँछु ।

मनपर्ने खाना ?
चिकेन सिजलर मेरो फेबरेट हो ।

फुर्सदको समय ?
–घरमा फूलका बिरुवाहरू रोप्न, स्याहार गर्न, घुम्न, फिल्म हेर्न मनपर्छ । फिल्ममा पनि ‘लभ स्टोरी’ बेस्ट लाग्छ । 

प्रेम विवाह गर्नुभएको हो ? 
– हो भनौँ कि होइन । मेरो प्रेम विवाह भन्न मिल्छ पनि मिल्दैन पनि । किनभने उहाँसँग मेरो फोनबाट कुरा गर्दागर्दै  प्रेम बस्यो । विवाह भने पारिवारिक छलफलबाट भएको हो ।

पूरा नभएको सपना ?
– दिनदुःखी, अनाथ, असाहय लगायतको सेवा गर्न मन छ । यो मेरो सानैदेखिको रुचिको विषय हो । तर आफूले भनेजस्तो गर्न सकेकी छैन । यसका लागि एउटा आश्रम चलाउने इच्छा छ ।

मनपर्ने हिरो ?
– बलिउडका अमिर खान धेरै मनपर्छ । उहाँको चलचित्र, चलचित्रको विषयवस्तु र अभिनय सबैभन्दा राम्रो लाग्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप