शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सर पीडित दुर्गा मायालार्इ मितेरी समाजको सहयोग

बिहीबार, १२ साउन २०७४, ०६ : २७
बिहीबार, १२ साउन २०७४

-बिनोद श्रेष्ठ
युएर्इ - मितेरी समाज युएर्इले क्यान्सर पिडित दुर्गामाया ठकुरीलार्इ आर्थिक सहयोग गरेको छ।

बिगत लामो समय देखि ब्रेस्ट क्यान्सरले थलिएकी सिन्धुपाल्चोककी ठकुरीलार्इ एक लाख बयानब्बे हजार रूपैयाँ सहयोग गरेको हो।

संस्थाका बरिष्ठ सल्लाहकार टिका श्रेष्ठ, सदस्यहरू जीत लामा, सरिता लामा, लोक दोहोरी गायक रमेश बाबु थापा तथा आशा फाउण्डेशन एच फोरका अध्यक्ष एवं ९पुर्ब प्रस्ताबित युएर्इको लागि राजदुत आशा लामाको टोली नेपाल क्यान्सर अस्पताल हरिसिद्दी ललितपुर पुगि आर्थिक सहयोग गरेका थिए।

उनीहरूले बिरामीको अबस्था बारे पनि जानकारी लिए ।

मितेरी समाज युएर्इले स्थापना काल देखि नै मानबिय उद्दार गर्दै आएको र जीवन रक्षाको लागी दुर्गामायालार्इ सहयोग गरेको संस्थाका संरक्षक प्रेम रिजाल बँताउछन् । 

चार बर्ष अघि घाँस काट्न जाँदा अचानक लडेर ब्रेस्टमा सामान्य चोट लागेको दुर्गामायालार्इ समयमा नै उपचार नपाउदा अन्तत क्यान्सर हुन पुग्यो। 

घर परिवारबाट सहयोग नभएको कारण समयमा उपचार पाउन नसकेकी दुर्गामायालार्इ बिदेशमा रहेका संघसस्था तथा नेपालीहरूले सहयोग गरिरहेका छन्। युएर्इ, कोरिया, बेलायत,हङ्कङ लगाएतका मुलकहरूबाट उपचारको लागी आर्थिक सहयोग पठाएर्इको मितेरी समाजका कार्यबाहक अध्यक्ष प्रदिप पुनमगरले बताए।

उपचारको लागी २० देखी ३० लाखसम्म खर्च लाग्ने अस्पतालले बताएको पारिवारीक श्रोतले जनाएको छ। 

सरकारले १ लाख रूपैया उपचार खर्च दिने बताए पनि बिबाह दर्ताको सिफारिस नभएकोले लिन सकेको छैन। १ छोरीकी आमा दुर्गामायाको श्रीमान् कान्छी श्रीमतीको साथ छुट्टै बस्दै आएका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप