शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जका मासु उद्योगको दुर्गन्धले ५ वडाका बासिन्दा प्रभावित (फोटो/भिडियो)

बिहीबार, ०५ पुस २०७५, १३ : ११
बिहीबार, ०५ पुस २०७५

वीरगञ्ज– पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१८ को सौराहा र वडा नं २० को भवानीपुर अपौनीमा रहेको मासु उत्पादन कारखाना र हाड प्रशोधन केन्द्रबाट पैmलिएको दुर्गन्धले पाँचवटा वडाका बासिन्दा प्रभावित भएका छन् । 

डेढ दशकअघि स्थापना भएको मध्यमाञ्चल बोन चिप्स प्रालि, नारायणी बोन चिप्स उद्योग र हिरो बफ मिट सप्लायर्स प्रालिले फैलाएको दुर्गन्धका कारण करिब ५ वडाका २३ हजार वासिन्दा प्रभावित बनेका हुन् ।

स्थानीयले वातावरणीय दुर्गन्धको शिकार बन्नु परेको गुनासो गरेका छन् ।  

२०५५ असारमा हड्डीको धुलो तथा कुखुराको दाना उत्पादन,आयात र निर्यात गर्न भन्दै मध्यमाञ्चल बोन चिप्स प्रालि तत्कालिन भवानीपुर गा.वि.स. वडा नम्बर २ मा स्थापना भएको हो । 
चिनियाँ लगानीमा निर्मित हिरो बफ मिट सप्लायर्सले राँगाको तयारी मासु निर्यात गर्छ भने मध्यमाञ्चल बोन चिप्स प्रालि र वीरगञ्ज बोन प्रोसेसिङ्गले काठमाडौं लगायतका स्थानबाट भैंसी, राँगा, पाडा लगायतका जनावरको हाड, खुर, सिङ ल्याएर प्रशोधन गर्नेगर्छ ।

यी उद्योगले जनावरको हाड–मासुको प्रशोधन गर्दै आएकाले आसपासका क्षेत्रमा दुर्गन्ध पैmलिएको हो । 

२०६८ असोज २५ गते जिल्ला प्रशासन कार्यालय पर्सा र २०६९ पुस २९ गते उद्योग मन्त्री समक्ष स्थानीयवासिन्दाहरुले उद्योगले उत्सर्ग गरेको दुर्गन्धले वातावरण प्रदूषण फैलाउदा मानवीय स्वाथ्यमा असर पारेको भन्दै त्यस क्षेत्रका नागरिकले उद्योग बन्द गराई पाऊ भनी निवेदन दिएका थिए । 
मन्त्रालयको आदेशअनुसार घरेलु तथा साना उद्योग कार्यालय पर्साले उद्योग अधिकृत चिरन्जिवी प्रसाद पौडेलको नेतृत्वमा स्थलगत अध्ययन टोलि बनाई २०७० बैशाख ४ गते अध्ययन समेत गरेको थियो । उक्त टोलीले उद्योग पुग्नु भन्दा पहिला नै करिब १–२ किलो मिटर वरैबाट दुर्गन्ध आएको ,उद्योग कम्पाउण्डमा चारैतिर काँचो हाड रहेको, उद्योगमा काम गर्ने कामदारले सुरक्षाको साधनहरु प्रयोग नगर्ने गरेको उल्लेख गरेको थियो । 

 

त्यस्तै  हड्डीको दुर्गन्धका कारण खान मन नलाग्ने, वाकवाक लाग्ने टाउको दुख्ने  र बाटोमा देखिने हाडहरुले मनोविज्ञानमा असर पार्ने भन्दै प्रदुषण रोक्न टिट्रमेन्ट प्लान्ट स्थापना गरेर उद्योग दर्ता गर्दा स्वीकार गरेका शर्त पूरा गरेर मात्रै उद्योग सञ्चालन गर्नुपर्ने राय सहितको प्रतिवेदन बुझाएको थियो ।
२०७२ मङ्िसरमा पनि स्थानीय वासिन्दाहरुले उद्योगबाट दुर्गन्ध बढेकाले उद्योग बन्द गराउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका थिए । 
उद्योग स्थापना भएदेखि नै दुर्गन्ध बढेकाले बेला बेलामा आवाज उठेपनि बिचैमा रोकिने गरेको छ । यसलाई भने स्थानीयले उद्योगले आर्थिक प्रलोभनमा पारी सामसुम पार्ने गरेको आरोप लगाएका छन् । 

हावा चलेको बेला बस्नै नसक्ने वडानम्बर १८ का वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले बताए । वडाध्यक्ष कुर्मीसमेत पाँचजना वडाध्यक्षले उद्योगबाट अत्यधिक प्रदूषण पैmलाउने काम भएको भन्दै उद्योग हटाउन महानगरपालिकामा लिखित निवेदन दिएका थिए । 

वडाध्यक्षको निवेदनमा कारवाही गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालले अधिकृत रामदयाल यादवलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए ।

अधिकृत रामदयाल यादवले दुर्गन्धको कारण उद्योगको सबै क्षेत्र घुम्न नसकेको बताए । उद्योगले त्यस क्षेत्रका नागरिकको जीवनयापनमा समस्या उत्पन्न गराएको भन्दै यादवले आफूहरुले उद्योग हटाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको बताए ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भुसालले हड्डी र मासु कारखानाका कारण जनता प्रभावित रहेको भएपनि ठूलो लगानीका उद्योग भएकाले तत्कालै कुनै ठोस निर्णय लिन नसकिएको बोर्डको बैठक बसेर ठोस निर्णय लिईने बताए । 

अधिकृत रामदयाल यादवले बुझाएको प्रतिबेदनपछि उद्योगहरुको स्थलगत अनुगमनमा गएको तर, उद्योगले पालना गर्नुपर्ने सामान्य शर्त पनि पालना नभएको आफूले पाएको अधिकृत भुसालले बताए । 

उद्योगको कुनैपनि होडिङ् वा साईनवोर्ड नरहेको कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षाको कुनै व्यवस्था नगरेको तथा दुर्गन्ध नियन्त्रण गर्न कुनै पहल नगरिएको पाईएको अधिकृत भुसालले जानकारी दिए ।

 

भिडियो हेर्नुहाेस् :

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप