बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नास्त्रेदमसले सन् २०१९ का लागि गरेका छन् यी चकित पारिदिने भविष्यवाणी !

बिहीबार, ०५ पुस २०७५, १२ : २४
बिहीबार, ०५ पुस २०७५

फ्रान्सेली प्रोफेट माइकल दि नास्त्रेदमसले अबको हजार वर्षसम्मका लागि भविष्यवाणी गरेका छन् । संसारभरीका मानिसहरुले नास्त्रेदमसको भविष्यवाणी सटिक हुनेमा विश्वास गर्छन् ।  

नास्त्रेदमसको मृत्यु सन् १५६६ मा भएको थियो तर उनको मृत्युपछि उनका थुप्रै भविष्यवाणी वास्तविक भए । तीमध्ये फ्रान्सेली क्रान्ति, पहिलो विश्वयुद्ध, हिटलर र नाजीको जन्म चर्चित रहे । उनको किताबमा उनले अमेरिकी राष्ट्रपति जोन एफ. केनेडी र डायनाको मृत्यु बारे लेखेका थिए जुन पूरा भए ।

उनका धेरैजसो भविष्यवाणी पूरा भएका कारण विज्ञले अहिले पनि उनको भनाईलाई महत्व दिन्छन् । सन् २०१९ का लागि जुन भविष्यवाणी नास्त्रेदमसले गरेका छन् त्यो मानवताका लागि राम्रो खबर होइन । अन्य थुप्रै प्रोफेटले पनि सन् २०१९ मा विनाशको संकेत दिएका छन् ।

नास्त्रेदमसको भविष्यवाणीमा सन् २०१९ मा संसार समाप्त हुने संकेत लुकेको छ । नास्त्रेदमसले तेस्रो विश्ययुद्ध, पश्चिमी दुनियाँको पतन र क्षुद्रग्रहबारे भविष्यवाणी गरेका छन् । उनको भविष्यवाणीको व्याख्या गर्नेहरुका अनुसार उनका यी भविष्यवाणी सन् २०१९ मा पूरा हुनसक्छन् ।

तेस्रो विश्वयुद्धको सुरुवातः

नास्त्रेदमसले सन् १५५५ मा आफ्नो किताबमा कुनै ठूलो वैश्विक संघर्षको इशारा गरेका छन् । उनले लेखेका थिएः

“In the city of God, there will be a great thunder
Two brothers torn apart by Chaos while the fortress endures
The great leader will succumb
The third big war will begin when the big city is burning”

विज्ञका अनुसार यी पंक्तिमा अमेरिका र उत्तर कोरिया, अमेरिका र रुसबीच तेस्रो विश्वयुद्धको संकेत लुकेको छ । साथै तेस्रो विश्वयुद्धका साथै शताब्दीको सबैभन्दा ठूलो आर्थिक संकट पनि निम्तिने थुप्रैले अनुमान गरेका छन् । नास्त्रेदमसको भविष्यवाणीका अनुसार तेस्रो विश्वयुद्ध दुई शक्तिबीच हुनेछ जुन २७ वर्षसम्म चल्नेछ ।

क्षुद्रग्रहमार्फत मानवतामाथि प्रहारः

“And to an eclipse of the Sun will happen the darkest summer that never existed, in such a way that they will judge the Earth out of the orbit and abated in eternal darkness. When the sun is completely eclipsed, a new celestial body will pass in our heaven. The monster will be seen in broad daylight. Astronomers will interpret the effects of this body in another way, so no one will have provisions in the face of penury. “

नास्त्रेदमसका अनुसार गर्मीयाममा हुने एक सूर्यग्रहण अहिलेसम्मको सबैभन्दा अँध्यारो हुनेछ । जब सूर्यमा पूर्ण रुपमा ग्रहण लाग्छ तब एउटा पिण्ड खस्नेछ । यो राक्षसलाई दिनको उज्यालोमा पनि देख्न सकिन्छ । यी पंक्तिको व्याख्या गर्ने विज्ञका अनुसार धर्तीमा आकाशबाट थुप्रै पिण्ड खस्नेछ जसले विनाश निम्तिनेछ ।

नास्त्रेदमसको भविष्यवाणी अनुसार सन् २०१९ मा मानवताले कुनै क्षुद्रग्रहको प्रभाव झेल्नुपर्छ । यसका साथै परमाणु युद्ध र प्राकृतिक विनाशको पनि आशंका रहनेछ ।

नास्त्रेदमसको कविताको व्याख्या गर्ने एक भिडियोमा बताए अनुसार आकाशमा एक धूमकेतु देखिनुका साथै भयंकर हिंसाको घटना पनि हुनेछ । परमाणु हमला र प्राकृतिक विनाशले हाम्रो धर्तीको विनाश गर्नेछ ।

जलवायु परिवर्तनले फेरिनेछ पृथ्वीको सतहः

धर्तीको तापक्रम बढ्नेछ, पग्लँदो हिमताल र समुन्द्री आँधीका कारण सन् २०१९ मा धर्तीमा हलचल मच्चिनेछ ।

नास्त्रेदमसले जलवायु परिवर्तनको खतरनाक असरबारे भविष्यवाणी गर्दै लेखेका थिए, ‘हामी जलको बढ्दो स्तर र पृथ्वीलाई यसको मुनी बगिरहेको देख्नेछौं ।’

जलवायु परिवर्तनका कारण ठूला युद्ध र संघर्षको सुरुवात हुनेछ र मानिसहरुबीच स्थानान्तरणसम्बन्धि विवाद पनि बढ्नेछ ।

मानिसहरु जनावरसँग कुरा गर्न सुरु गर्नेछन्ः

युट्युब च्यानल अनएक्सप्लेन्ड मिस्ट्रिजले बताए अनुसार नास्त्रेदमले जनावर र मानवबीच भविष्यमा एक अविश्वसनीय सम्बन्ध कायम हुने भविष्यवाणी गरेका छन् । मानिसहरु जनावरसँग निकै नजिक हुनेछन् र सायद उनीहरुसँग कुराकानी पनि गर्नेछन् ।

उक्त युट्युब च्यानलको व्याख्या अनुसार मानिस एक–आपसमाभन्दा जनावरसँग नजिक हुनेछन् । "The pigs will become brothers to man” केही मानिसका अनुसार यो वाक्यको अर्थ यो हो कि मानिसहरु जनावरलाई बलि दिन बन्द गर्नेछन् जबकी केही मानिसहरुको व्याख्या अनुसार प्रविधीको मद्दतले मानिसहरु जनावरसँग कुराकानी गर्न पनि सफल हुनेछन् ।

नास्त्रेदमसको भविष्यवाणीका अनसार सन् २०१९ मा केही युरोपेली देश जस्तै, हंगरी, इटली, चेक गणराज्य र ब्रिटेन खतरनाक बाढीको चपेटको पर्नेछन् । युरोपेली देश र युएस आप्रवासीको समस्याले ग्रस्त हुनुका साथै यहाँ थुप्रै आतंककारी हमला हुने आशंका छ ।

अमेरिकाको विभिन्न हिस्सामा समुन्द्री आँधी आउनेछ जसले भयंकर क्षती निम्त्याउनेछ । ग्लोबल वार्मिङका कारण विभिन्न सशस्त्र संघर्ष हुनेछ । अमेरिकाका जनता ठूलो भूकम्पका लागि तयार हुनुपर्छ । यो भूकम्पले अत्यधिक विनाश निम्त्याउनेछ । आफ्नो रणनीतिले चीन दुनियाँको नयाँ नेता बन्नेछ ।

नास्त्रेदमसको भविष्यवाणी अनुसार मध्यपूर्व देश र संसारका अन्य हिस्सामा पनि धार्मिक अतिवाद बढ्नेछ जुन अशान्ति र गृहयुद्धमा परिणत हुनेछ । थुप्रै मानिसहरु आफ्नो देश छोडेर अन्य देशमा शरण लिनका लागि बाध्य हुनुपर्नेछ ।

नास्त्रेदमसको डरलाग्दो भविष्यवाणीबीच एउटा राम्रो संकेत पनि छ । उनका अनुसार सन् २०१९ मा चिकित्सा क्षेत्रमा अभूतपूर्व प्रगती हुनेछ जसले मानिसको औसत आयु बढ्नेछ । नास्त्रेदमसको किताब ‘प्रोफेसीज’ पढ्नेहरुले दाबी गरेअनुसार मानिसहरु दुई सय वर्षसम्म बाँच्न सक्नेछन् ।

नास्त्रेदमसको भविष्यवाणी जुन पूरा भएः

डायनाको मृत्यु, एडोल्फ हिटलरको उदय, परमाणु बम, दोस्रो विश्वयुद्ध, ९÷११ बारेमा नास्त्रेदमसको भविष्यवाणी सटिक साबित भए । संसारको सबैभन्दा शक्तिशाली देश अमेरिकाको ४५ औं राष्ट्रपतिबारे नास्त्रेदमसले सांकेतिक रुपमा जे भनेका थिए त्यो डोनल्ड ट्रम्पको रुपमा सटिक साबित भएको छ ।

जापानमा हिरोशिमा र नागासाकीमा भएको परमाणु हमलाको विषयमा गरिएको उनको भविष्यवाणी पनि पूरा भएको थियो । नास्त्रेदमसले दुई यस्ता धमाका हुनेछ जसको असर निकै लामो समयसम्म रहनेछ भनेका थिए ।

नास्त्रेदमसले आफ्नो भविष्यवाणीमा भनेका थिए – दुई ढुङ्गा आपसमा ठोक्किनेछन् जसले युद्धको स्थिती पैदा हुनेछ । यसले आकाशलाई आतंकको इलाका बनाउनेछ । नास्त्रेदमसको यो भविष्यवाणीलाई सन् २००१ मा भएको वर्ल्ड ट्रेड सेन्टरमाथि हमलासँग जोडिएको थियो ।

केही अनुसन्धानकर्ताका अनुसार नास्त्रेदमसले आफ्नो मृत्युको पनि सटिक भविष्यवाणी पनि गरेका थिए । उनले भनेका थिए, ‘म बेन्च र खाट नजिकै मृत पाइनेछु । ’ उनले आफ्नो मृत्युको अघिल्लो दिन आफू अर्को रात जिउँदो नहुने बताएका थिए । नास्त्रेदमस त्यसको भोलिपल्ट आफ्नो बेडरुममा टेबल नजिकै मृत पाइएको थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप