‘पर्यटन प्रवर्द्धनमा मेरो एक पाइला’
काठमाडौँ । काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा हरेक वर्ष जस्तै यो वर्ष पनि कुसोम वार्षिक समारोह (केएएफ) आयोजना भइरहेको छ ।
सोही अन्तरगत बुधबार काठमाडौँमा नेपाल पर्यटन बोर्डको ‘पर्यटन वर्ष २०२०’ सफल बनाउने उद्देश्यले ‘पर्यटन प्रबर्धनमा मेरो एक पाइला’ भन्ने नाराका साथ र्याली सम्पन्न भएको छ ।
कार्यक्रममा एपेक्स कलेजका विद्यार्थीहरुसहित एक सय ५० जनाको उपस्थिती रहेको थियो ।
माइतीघर परिसरबाट २ः ४५ बजे निस्केको र्याली बसन्तपुरमा सानो कार्यक्रमको साथ सकिएको थियो ।
मिस नेपाल अर्थ (२०१७) रोजिना श्रेष्ठको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।
हरेक वर्ष जस्तै यो वर्ष पनि तीन उद्देश्य (नारा) अन्तर्गत अन्तर्गत ‘ह्वी केयर’ (हामी ख्याल गर्छौं), ‘ह्वी कोलावोरेट’ (हामी सहकार्य गछौं) र ‘ह्वि सेलिब्रेट’ (हामी रमाउछौं) भित्र रहेर समाजलाई योगदान दिने, सहकार्य गर्ने र एकतामा रमाउने रहेको थियो ।
कार्यक्रमकी उपाध्यक्ष सुप्रिमा पौडेल भन्छिन्,‘ हामीले सामाजिक विकासमा युवाको भूमिकालाई किताब र निवन्धमा मात्र सीमित गरिरहेका छौँ । त्यसैले हामीलाई लाग्यो अब समय आइसकेको छ युवाहरुको भूमिका व्यवहारमा उतार्ने ।’ कार्यक्रम संयोजक आरजु जोशीले पौडेलको कुरामा समर्थन जनाउँदै भनिन्, ‘र्यालीको माध्यमबाट पर्यटन वर्ष २०२० को बारेमा कही हदसम्म प्रचार गर्न सक्यौँ र यसले उक्त योजनालाई सफल पार्न सानो योगदान हुने विश्वास लिएकी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह