शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बढुवा प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

बुधबार, ११ साउन २०७४, २२ : २९
बुधबार, ११ साउन २०७४

काठमाडौं– विभिन्न विधामा उत्कृष्ट कार्य गरी एक तह पदोन्नती भएका प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । एक तह पदोन्नती भएका प्रहरी नायव निरीक्षक ठगना महतो र प्रहरी हवल्दार भूमिराज राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक देवेन्द्र सुवेदीले बुधबार दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । 

प्रहरी प्रधान कार्यालय, नीति निर्माण समितिको सिफारिसमा प्रहरी महानिरीक्षकको गत असार ३० गतेको निर्णय अनुसार महतो प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा र राई प्रहरी जवानबाट प्रहरी हवल्दार पदमा पदोन्नती भएका थिए । 

राष्ट्र र आफू सेवारत कार्यालयको मान, प्रतिष्ठा र गौरव बढाउन प्रशंसनीय, सिर्जनात्मक र लगनशील कार्य गर्ने एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न विधामा उत्कृष्ट कार्य गरी राष्ट्र र संगठनको छवि उच्च राख्न विशेष योगदान पु¥याउने कर्मचारीहरुलाई प्रहरी नियमावली २०७१ को नियम ३९ को उपनियम १ मा भएको बढुवा सम्बन्धी विशेष व्यवस्था गरिएको छ । 

पदोन्नती हुने प्रहरी नायव निरीक्षक महतो दुई दशकभन्दा लामो समयदेखि उक्त प्रतिष्ठानमा संचालन हुने प्रहरी अधिकृत आधारभूत तथा उन्नत तालिमहरुमा बाह्य प्रशिक्षकको रुपमा खटि उत्कृष्ट कार्य सम्पादन गरेका थिए ।

प्रहरी हवल्दार भूमिराज राईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताहरुमा विभिन्न पदकहरु जितेर सिङ्गो राष्ट्र र संगठनको छवि उच्च राख्न सफल भएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप