शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्णरूपमा स्वचालित बैंकिङ सेवाका लागि एनएमबी बैंकको जिनीसँग सम्झौता

बुधबार, ११ साउन २०७४, २२ : १७
बुधबार, ११ साउन २०७४

काठमाडौं– एनएमबि बैंकले नेपालमा पूर्णरूपमा स्वचालित बैंकिङ सेवा बैंकिङ सेवा सुरु गर्न सिङ्गापुरस्थित सेवा प्रदायक कम्पनी–बैंक जिनीसँग सम्झौता गरेको छ ।

यस सम्झौता अनुरूप एनएमबी बैंकले बैंक जिनी सँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्नेछ ।

बैंकको तर्फबाट विज्ञप्ति जारी गर्दै प्रमुख कार्यकारी अधिकृत सुनील केसीले, एनएमबी बैंक बैंकिङ क्षेत्रमान नविनतम् सेवा पु¥याउनमा विश्वास गर्ने बैंक भएको र यस् सेवाले बैंक लाई डिजिटल बैंकिङ सेवामा अग्रणी स्थानमा उभ्याउनुको साथै ग्राहकहरुलाई बैंकिङ गर्न अझ सहज गराउने कुरामा विश्वस्त रहेको जानकारी दिए ।

सम्झौतामा दुबै तर्फबाट प्रमुख कार्यकारी अधिकृत द्वय सुनिल के.सी (एनएमबि बैंक) तथा रामकुमार शर्मा (बैंक जिनी) ले दस्तखत गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप