बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अध्यक्ष प्रचण्डको  यस्तो आग्रह

बुधबार, ११ साउन २०७४, २२ : १२
बुधबार, ११ साउन २०७४

काठमाडौँ – नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित प्रतिनिधिमण्डलले आज भेट गरेको छ । 

भेटमा संघका प्रतिनिधिमण्डलले वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरीदिन अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको थियो । 

सो अवसरमा अध्यक्ष प्रचण्डले संघमा विजयी पदाधिकारी र सदस्यलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए । 

उनले भने, ‘वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, पारदर्शी र व्यवस्थित बनाउने सरकार, तपाईहरु, नेपाली जनता सबैका लागि चुनौती हो । निर्वाचनमार्फत संघमा वामपन्थी समूहले वर्चश्व कायम गरेकाले तपाईहरु इमान्दारितापूवर्क व्यवस्थित गर्नेतर्फ लाग्नुस् । 
देशभित्र रोजगारीको सिर्जना गर्नु अहिलेको प्रमुख आवश्यकता भए पनि त्यो बिस्तारै हुँदै गएको उनको भनाइ छ । 

उनले भने, ‘नेपालको आर्थिक वृद्धिदर सम्भव छ भन्ने मेरो १० महिने कार्यकालमा देखियो । सामाजिक न्यायसहितको विकास हुनुपर्छ । धनी र गरीबबीचको खाडल बढी हुन भएन ।’ 

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले संघका पदाधिकारीसँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले वामपन्थी पार्टीबीच सहकार्यका लागि गरेको प्रस्ताव सकारात्मक भएको टिप्पणी गरे। उनले भने, ‘ढोकामा भोटेताल्चा लगाएर एकता हुँदैन, ढोका खोलेर भन्नुपर्यो ।’
 निःशुल्क प्रवेशाज्ञा र टिकटमा केही परिमार्जन गर्नुपर्ने, मलेसिया जाने कामदारबाट विभिन्न कम्पनीको नाममा भइरहेको ठगी नियन्त्रण हुनुपर्ने लगायतका विषयमा अध्यक्ष प्रचण्डलाई संघका पदाधिकारीले ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप