बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तेस्रो पटक स्वास्थ्य मन्त्रीभएपछि पोखरेलको प्रतिवद्धताः स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्याउँछु

बुधबार, ११ साउन २०७४, २१ : ५७
बुधबार, ११ साउन २०७४

काठमाडौं– नवनियुक्त स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु¥याउन आफूले उच्च प्राथमिकता दिने बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका पोखरेलले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएको तेस्रो पटक हो । 

तेस्रो पटक स्वास्थ्य मन्त्रालय सम्हाल्न पुगेका मन्त्री पोखरेलले बुधबार पदभारभार ग्रहण गर्दै पुरानै कुरा दाहोर्याए । स्वास्थ्य मन्त्री पोखरेलले संविधानले स्वास्थ्य सेवालाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने दायित्व पूरा गर्न आफू लागि पर्ने प्रतिवद्धता जनाए ।
 
पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै जनतालाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पु¥याउने  काममा कमी हुन नदिने पनि बताए । नवननियुक्त स्वास्थ्य मन्त्री पोखरेलले केन्द्र, प्रदेश र स्थानीय तहका लागि आवश्यक स्वास्थ्यसम्बन्धि नीतिगत र संरचनागत व्यवस्था मिलाउने काममा पनि आफ्नो ध्यान दिने पनि उल्लेख गरे । 

अघिल्लो पटक स्वास्थ्य मन्त्री हुँदा आफूले संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोसमेत उनले दाबी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप