बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा विद्यालय निरीक्षकको मृत्यु

बुधबार, ११ साउन २०७४, २१ : ४०
बुधबार, ११ साउन २०७४

तिलोत्तमा (रुपन्देही)  दुर्घटनामा परी जिल्ला शिक्षा कार्यालय रुपन्देहीमा कार्यरत विद्यालय निरीक्षक चन्द्रबहादुर कुँवरको मृत्यु भएको छ । बुटवल–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको पडसरीमा आज दिउँसो लु १ ख ५०२६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको लु १८ प २६७८ नं को मोटरसाइलाई ठक्कर दिदा कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

घाइते कुँवरलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप