बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा  एमाले नेता रावलले भने: ‘संविधान संशोधनले राष्ट्रियता धराप हुदै’

बुधबार, ११ साउन २०७४, २१ : २८
बुधबार, ११ साउन २०७४

टंक कुवँर
धनगढी – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन गरी काँग्रेस र माओवादी केन्द्रले राष्ट्रियतालाई धरापमा पार्न खोजेको आरोप लगाएका छन् ।
आज सात नं. प्रदेशद्धारा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले मधेशका केही व्यक्तिहरुको मागलाई संबोधन गर्न सरकार संविधान संशोधन गर्न लागिपरेको आरोप लगाए । रावलले भने यो त बखेडा मात्र हो, केही व्यक्तिको इच्छा आकांक्षालाई पूरा गरी हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने रणनीति मात्र भएको बताए । 


उनले नेपाल रहेमात्र राष्ट्रियता रहने उल्लेख गर्दै नेपालमा बस्ने पहाडी, मधेशी, मुस्लिम थारु आदिवासीका मागलाई सम्बोधन गर्न जुन संविधान संशोधन गर्न थालिएको छ त्यो कदापी नेपाली जनताको माग होइन्,  मागको संबोधन त केही व्यक्तिको मात्र हो ।


पुर्व उपप्रधानमन्त्री समेत रहेका रावलले सरकारले अब प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको वातावरण मिलाउनुपर्नेमा लाग्नुपर्ने  बताए । संविधान संशोधनको बखेडा होइन् अब सरकारले दुई वटा निर्वाचन गराउन आवश्यक विधेयक संसदमा प्रस्तुत गर्नुपर्ने उनको भनाई छ ।
यसै गरी नेकपा एमाले प्रदेश नं. ७ संगठन कमिटिको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका विरुद्ध लागी विपक्षीलाई जिताउन, पार्टीका उम्मेदवारलाई हराउन काम गर्ने विभिन्न जिल्लाका पार्टीमा रहेका सदस्यहरुलाई जिल्लाहरुबाट गरिएको कारवाहीलाई प्रदेश संगठन कमिटिले अनुमोदन गरेको छ ।


प्रदेश नं. ७ अन्तर्गतका विभिन्न जिल्लाहरुमा बाढीपहिरो नदी कटानका कारण विस्थापित जनतालाई स्थापित गर्न र पीडित समुदायहरुलाई राहत वितरण गर्ने, नदी नियन्त्रणका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न बैठकले नेपाल सरकारलाई माग गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारीले जानकारी दिए ।
पार्टीका विभिन्न जनबर्गीय संगठन, पार्टी कार्यकर्ताहरुको बैठकमा एक हप्तादेखि एमाले उपाध्यक्ष रावल प्रदेश नं. ७ मा व्यस्त छन् 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप