बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिकाको पहलमा बालुवापाटीमा प्रहरी चौकी स्थापना

मङ्गलबार, ०३ पुस २०७५, १७ : ३४
मङ्गलबार, ०३ पुस २०७५

नगरकोट– काभ्रे जिल्लाको साविक बालुवापाटी देउपुर गाउँ विकास समिति हालको मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ मा प्रहरी चौंकीको स्थापना गरिएको छ ।  पर्यटकीय क्षेत्र नगरकोट समेत रहेको सो स्थानमा विगतमा कुनै समस्या हुँदा बनेपा, नालादेखि प्रहरी आउने गरेका थिए ।

सोमबार प्रहरी चौकी स्थापना भएसँगै शान्ति सुरक्षा कायम गर्न सहज हुने नगरप्रमुख टोकबहादुर वाईवाको भनाई रहेको छ । वडा नम्बर २ को गैरीगाउँ अट्टेडाँडामा समग्र सुरक्षालाई मध्यनजर गर्दै प्रहरीचौकी स्थापना गरिएको हो । 

नगर प्रमुख वाईवाले आवश्यकताको आधारमा बालुवापाटीमा प्रहरी चौकी स्थापना गरिएको बताए । उनले नाल्दुमका जनतालाई सानोभन्दा सानो काम परे पनि नाला प्रहरी चौकी वा हिगुवाटीपाटी जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । 

अस्थायी प्रहरी पोष्ट हस्तान्तरण कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रहरी प्रमुख एसपी रविराज खड्काले  स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न र विभिन्न देशबाट आउने पर्यटकहरुको सुरक्षाको लागि र चोरी निकासी नहोस् भन्ने उद्देश्यले प्रहरी चौकी स्थापना गरेको बताए । 

प्र्रहरी चौकीलाई आवश्यक पर्ने फर्निचर, एक थान मोटरसाईकल, पकाउन आवश्यक रहेको भाँडाकुँडाको समेत व्यवस्थापन मण्डन देउपुर नगरपालिकाले गरेको हो । प्रहरी चौकीलाई आवश्यक रहेको भवन समेत नगरले उपलब्ध गराएको छ । उक्त अस्थायी प्रहरी चौकीमा असईको नेतृत्वमा ५ जना प्रहरीको दरबन्दी रहेको वडा नं १ का अध्यक्ष लक्ष्मण बस्ताकोटीले जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप