शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे समाज युएईद्वारा अपाङ्ग तथा अनाथ बाल बालिकाको लागि सहयोग प्रदान

बुधबार, ११ साउन २०७४, २१ : १८
बुधबार, ११ साउन २०७४

लक्ष्मण खनाल

युएई – युएईमा कार्यरत काभ्रे जिल्लाबासीहरुको संस्था काभ्रे समाज युएईले अपाङ्ग तथा अनाथ बालबालिकाहरुको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
समाजले संयुक्त अपाङ्ग एकता आवाज केन्द्र गोकर्णलाई एकलाख रुपैयाँ र प्रज्ञा चक्षु बालवालिका अपाङ्ग केन्द्र बनेपालाई पच्चिस हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

घर विदामा रहेका समाजका  सचिव जनक सापकोटा र कलाकार रिया श्रेष्ठको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको समाजका महासचिव उत्तम विक ले जानकारी गराए ।
अनाथ तथा अपाङ्ग बालवालिकाहरुकाले सहयोगार्थ काभ्रे सेवा समाज युएईले गत अप्रिल १४ मा नयाँ बर्ष साँस्कृतिक कार्यक्रम  आयोजना गरेर रकम संकलन गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप