शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा दीपक खरेल साँझ–२०७५ आयोजना हुने

मङ्गलबार, ०३ पुस २०७५, १७ : २९
मङ्गलबार, ०३ पुस २०७५

भक्तपुर– वरिष्ठ गायक दीपक खरेलको सम्मानार्थ भक्तपुरमा एकल साँझ हुने भएको छ ।  मंगलबार यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भक्तपुर साङगीतिक समाजले यही पुस २८ शनिबार उक्त कार्यक्रम हुने जानकारी दिएको हो ।  भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल बैंकेटमा हुने साँझ उक्त दिन ५ बजेबाट सुरु हुने साङ्गीतिक कार्यक्रममा गायक खरेलले ३ घण्टाको अवधिमा करिब १५ गीत प्रस्तुत गर्ने जानकारी आयोजकले दिएको छ  ।

प्रवेश शुल्कको रुपमा प्रति टिकट १ हजार २ सय रुपैँया शुल्क रहेको छ ।  पत्रकार सम्मेलनमा गायक खरेल, वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेल, संस्थाका अध्यक्ष प्रविण शाही, उपाध्यक्ष कपिल कसपाललगायतले नेपाली गीत संगीतको रक्षार्थ यस्ता कार्यक्रमहरुको आयोजना गर्नु आवश्यक भएको बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप