श्रीमान एयरपोर्ट ओर्लिनु र श्रीमती परपुरुषसँग समातिनु एकैसाथ
-प्रेम सुनार
गुल्मी । विदेशबाट श्रीमान विमानस्थलमा ओर्लिनु र श्रीमती परपुरुषसँग रंगेहात पक्राउ पर्नु एकैपटक परेको छ । गुल्मीको एक गाउँमा श्रीमती भने परपुरुषलाई बोलाएर गाउँवासीबाट घरमै समातिनु र श्रीमान विमानस्थलबाट घर फर्किने तयारीमा रहनु एकैपटक परेको हो ।
फेसबुकबाट लभ चक्कर चलाएका तनहुँ जिल्ला व्यासा नगरपालिका–१० का प्रकाशकुमार जिसी नाम थर बताउने वास्तविक थर भने परियार रहेका प्रकाश गुल्मी बलिथुमकी विदेश श्रीमान भएकी एक महिलासँगै समातिएका हुन् ।
गत ६ महिनादेखि उनीहरु फेसबुकबाट लभ चक्करमा परेका थिए । फेसबुकको चक्करसँगै प्रकाश भेट्न भनि आईतबार महिलाको घर आएका थिए । घरमा एक्लै बसेकी ती महिलालाई घरभित्र अभद्र व्यवहार गर्न लागेको बेला स्थानीय युवाले समातेका थिए ।
गाउँवासीले निजलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको र निजलाई हिरासतमा लिई अदालतमा मुद्दा दायर गरिएको सो कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए ।
गाउँवासीले विकलाई समातेर उनको मोबाईलमा रहेका फोन नम्वरहरुमा फोन गर्दा दर्जनौं महिलाहरुले उठाउने गरेको र आफूहरुलाई पनि लभ चक्करमा फेसबुकबाटै फसाएको उनीहरुको आरोप छ ।
निजले महिलाहरुसँग लभ चक्कर चलाउने र लाखौं रकम महिलाहरुबाट ठग्ने गरेको उनको फेसबुकबाट खुलेको वलिथुमका युवाहरु बताउँछन् ।
उनले धरान, झापादेखि विभिन्न जिल्लाका लाहुरे तथा विदेशमा श्रीमान भएका महिला र युवतीहरुसँग पछिल्लो एक बर्षमै १३ तोला सुन र ४ लाख रुपैयाँ फसाएको कब्जा गरिएको मोबाईलबाट अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
बलिथुमकी ती महिलाले आफूलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी गरेपछि पक्राउ परेका विकविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खड्काले बताए । उनले प्रकाश कुमार जिसी नाम बताए पनि उनी विश्वकर्मा रहेको खुलेको खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल