शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्ध नेपाल बनाउने सरकारको घोषणा कहाँ गयो ?: नेता गजुरेल

मङ्गलबार, ०३ पुस २०७५, १६ : २०
मङ्गलबार, ०३ पुस २०७५

काठमाडौं– देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेको छ ।  पार्टीका अध्यक्ष सिपी गजुरेलले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्तमान सरकारले जनताका लागि केही पनि गर्न नसकेको दावी गर्दै चर्को आलोचना गरेका हुन् । 

‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको घोषणा कहाँ गयो ? भनि अध्यक्ष गजुरेलले सरकारलाई प्रश्न पनि गरे । उनले सरकारले महंगी, भ्रष्टाचार, तस्करीबाहेक जनतालाई अरु केही नदिएको भन्दै आक्रोश पनि व्यक्त गरे ।

पत्रकार सम्मेलनमा मोर्चाले सरकारविरुद्ध जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको पनि जानकारी गराएको छ । अध्यक्ष गजुरेलले आगामी चैत्र २४ गते राष्ट्रिय सम्मेलन गर्ने गरी संगठन विस्तारको कामलाई अघि बढाउने निर्णय पनि गरिएको बताए । पुस १ गते काठमाडौंमा बसेको सो पार्टीको केन्द्रिय कार्य समिति बैठकले सम्मेलन हुन बाँकी रहेका जिल्लाहरुमा माघ महिना भित्र सम्मेलन सम्पन्न गर्ने योजना पनि तय गरेको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप